News and Events

टिमुरको नर्सरी, आम्दानीको स्रोत

उच्च मूल्य कृषि बस्तु विकास आयोजनाले किसानले उत्पादन गरेको टिमुरलाई अन्तर्राष्ट्रिय बजारसँग जोडपछि माग बढ्दै गएको छ । आयोजनाले टिमुर मुल्य शृंखलाअन्र्तगत किसानलाई व्यावसायीकरणमा सघाएको छ ।
टिमुर खेतीलाई प्रवद्र्धन गर्न, किसानको आयस्तर बढाउन र टिमुर मुल्य शृंखलालाई दिगो बनाउन सुर्खेतको बीरेन्द्रनगरमा टिमुरको बेर्ना उत्पादन गर्न आधुनिक प्रविधियुक्त नर्सरी निर्माण पनि गरिएको छ । सात वर्ष अघिबाट सुरु भएको आयोजनाले टिमुरको महत्व र उपयोगिता बुझाएपछि किसानहरु यसतर्फ आर्कषत भएका छन् । वीरेन्द्रनगर नगरपालिका–४ मा रहेको भैरव सामुदायिक वन उपभोक्ता समूहसँगको सहकार्यमा आयोजनाले हरितगृह नर्सरी निर्माण गरी तीन वर्षदेखि बेर्ना उत्पादनमा सघाउँदै आएको छ । नर्सरी स्थापनापछि एकातिर किसानलाई बेर्ना पाउन सजिलो भएको छ भने अर्कोतिर सामुदायिक वनको आम्दानी पनि बढेको छ ।
तीन वर्षदेखि टिमुरको बेर्ना उत्पादन गदै आएको समूहले यसपालि दुई लाख रुपैयाँको बेर्ना बेचेको जनाएको छ । हरितगृह नर्सरीमा तापक्रमलाई चिसो बनाइराख्न कुलिङ फ्यान, बादल लगाउनको लागि मिष्ट इरिगे्रसन, तातो हावाको लागि कुलर, तापक्रम नियन्त्रणको लागि ग्रिन नेट, सिँचाईको लागि पाइप जडान गरिएको छ । २०७२ सालमा बनेको नर्सरीको लागि उच्च मुल्य कृषि वस्तु विकास आयोजनाले १६ लाख ९६ हजार रुपैयाँ अनुदान सहयोग गरेको थियो । यस्तै जिल्ला वन कार्यालयले प्राविधिक सहयोग, डाबर नेपालले तीन लाख र समूहले एक लाख ५२ हजार रुपैयाँ लगानी गरेको समूहका अध्यक्ष अमरबहादुर कार्कीले बताए ।
५० हजार बेर्ना उत्पादन गर्ने क्षमता भएको नर्सरीबाट पहिलो वर्ष चार लाख, दोस्रो वर्ष एक लाख ७५ हजार र यस वर्ष दुई लाख रुपैयाँको बेर्ना बेचिएको जनाएको छ । नर्सरीमा उत्पादितमध्ये गर्त वर्ष सात हजार र यस वर्ष १६ हजार पाँच सय बेर्ना सामुदायिक वनमा लगाएको छ । नर्सरीमा उत्पादन गरिएको टिमुरको बेर्नाको मुल्य हरेक वर्ष बढ्दै गएको छ । समूहले पहिलो वर्ष प्रतिबेर्ना २० रुपैयाँ, दोस्रो वर्ष ३० रुपैयाँ र यस वर्ष ६० रुपैयाँमा बेर्ना बेचेको छ ।
नर्सरीमा अहिले ६ जनाले रोजगारी पाएका छन् । आवश्यकता अनुसार नर्सरीले प्रत्येक महिना थप चार÷पाँचलाई ज्यालादारीमा काम लगाउने गरेको छ । भैरव सामुदायिक वनले ८७ हेक्टर क्षेत्रमा एक लाख टिमुरका बेर्ना लगाउने योजना बनाएको छ । अहिलेसम्म सामुदायिक वनको ६० हेक्टर क्षेत्रमा ८० हजार टिमुरका बेर्ना लगाएको अध्यक्ष कार्कीले बताए ।
नर्सरीमा टिमुरका बेर्ना उमार्न भने निकै मुस्किल हुन्छ । खडेरीको बेला पानीको समस्या, गुणस्तरीय बीऊको अभाव, दक्ष कामदार नहुनु जस्ता कारणले बेर्ना उत्पादन गर्न समस्या हुने गरेको छ । आधुनिक प्रविधियुक्त हरितगृह नर्सरीमा टिमुरको लागि चाहिने कृत्रिम हावापानी सिर्जना गर्दा पनि लगाएकोमध्ये बढीमा पाँच÷सात प्रतिशतसम्म मात्रै बेर्ना उम्रिने गरेको छ ।  ढिलो उम्रिने, उमार शक्ति कमजस्ता कारणले एकदमै कम बेर्ना उम्रिने अध्यक्ष कार्कीले जानकारी दिए । ‘टिमुरका बेर्नाको माग धेरै छ,’ समूहका अध्यक्ष कार्कीले भने, ‘हाम्रो नर्सरीले ३५ प्रतिशत माग मात्रै पुरा गरेको छ ।’ नर्सरीबाट राम्रो, स्वस्थ र गुणस्तरीय बिरुवा उत्पादन भई जडीबुटी व्यवसायमा टेवा पुगेको उनले बताए ।
नर्सरीमा उत्पादन भएका बेर्ना सुर्खेतका बिभिन्न गाउँका साथै सल्यान, जाजरकोट, दैलेखलगायत जिल्लामा बिक्री हुने गरेको छ । बेर्नामा माग बढ्न थालेपछि समूहले आफ्नै लागानीमा ५० हजार बेर्ना उत्पादन क्षमताको अर्को आधुनिक प्रविधियुक्त नर्सरी स्थापना गर्ने योजना पनि बनाएको छ । किसानले अपुग बेर्ना हेटौडामा रहेको डावर नेपालको नर्सरीबाट ल्याउने गरेका छन् ।
६ वर्षअघि उच्च मुल्य कृषि बस्तु विकास आयोजनाले टिमुर मुल्य शृंखलामा काम गर्न थालेपछि यस क्षेत्रका किसान व्यावसायिक रुपमा टिमुर खेतीतर्फ आर्कर्षित भएका छन् । औषधी र मसलाकोे रुपमा प्रयोग हुने भएकोले टिमुरको मुल्य हरेक वर्ष बृद्धि हुँदै गएको छ । आयोजनाकै कारण पहिला खेर गइरहेको टिमुरको महत्व बढेपछि आपूmहरु व्यावसायिक रुपमा टिमुर खेतीमा जुटेको जाजरकोट झाप्राका किसान भद्रे कामीले बताए । आयोजना लागु भएका सुर्खेत, सल्यान, जाजरकोट, दैलेख, अछाम, कालिकोट र जुम्लामध्ये सुर्खेत, सल्यान, अछाम र जाजरकोट जिल्लामा टिमुर मुल्य शृंखलामा काम गरेको छ ।
आयोजना लागु हुनुभन्दा पहिले अर्थात ६ वर्षअघि किसानले प्रतिकेजी ३५ रुपैयाँमा बेच्ने गरेको  टिमुर यसपालि प्रतिकेजी ६ सय ५० रुपैयाँमा बेचेका छन् । नर्सरी स्थापना हुनुभन्दा अगाडि किसानले जंगलमा उम्रेको बेर्ना बारीमा ल्याएर लगाउने गर्थे । अहिले टिमुरको नर्सरी नै स्थापना भएपछि किसानलाई निकै सजिलो भएको पाइन्छ । सुरुसुरुमा नुनसँग टिमुर साट्ने चलन थियो । आयोजनाले अन्तर्राष्ट्रिय बजारसँग सम्वन्ध जोडेपछि टिमुरको कारोबारो पनि व्यवस्थित रुपमा हुँदै आएको छ । आयोजना सञ्चालन भएपछि यस क्षेत्रको टिमुर फ्रान्सको मान फिल्स कम्पनी र डावर नेपालले लिने गरेका छन् । (प्रकाश पन्त/HVAP)