News and Events

नयाँ बाटोमा नयाँराम

सुर्खेत, पञ्चपुरी नगरपालिका –२, जंगलाका नयाँराम बयकका दुई दशक भारतमा मजदुरी गर्दै बिते । वर्षेनि कामको खोजीमा कालापहाड जाने, कमाएर ल्याएको पैसाले घरखर्च धान्ने, उनको जीवनको उर्जावान समय यसैगरी बित्यो ।
सात वर्षअघि भने उनको जीवनले नयाँयात्रा तय गरेको छ । उनी कालापहाड छोडेर गाउँमै बेमौसमी तरकारी खेतीमा लागेका छन् । ‘यसबाट तीन गुणा बढी कमाई भएको छ,’उनी भन्छन्, ‘पहिल्यै त्यस्तो गरेको भए यति लामो समयसम्म दुःखपनि हुन्थेन ।’ तरकारी बेचेरै वार्षिक करिब दुई लाख रुपैयाँसम्म आम्दानी गरिरहेको उनले बताए ।
नयाँरामले सातवर्ष अवधिमा आपूmलाई मात्र बदलेनन्, आप्mनो गाउँको मुहार पनि फेरेका छन् । उनकै प्रेरणाले अहिले गाउँमा बेमौसमी तरकारी खेतीगर्ने गाउँलेको संख्या बढेको छ । जंगला तरकारीको लागि जिल्लाकै नमुना गाउँ बनेको छ । सो गाउँबाट वर्षेनि करिब २ करोड रुपैयाँ बराबरको तरकारी बिक्री हुने गरेको नयाँराम बताउँछन् । ‘मैले तरकारी सुरु गर्दा गाउँमा तरकारी लगाउने चलनै थिएन,’उनी ती दिन सम्झिँदै भन्छन्, ‘अहिले त व्यावसायिक तरकारी खेती नगर्ने घर नै छैन भन्दा पनि हुन्छ ।’
तरकारीले गाउँलेको आम्दानी पनि बढाएको छ । चार वर्ष अघिसम्म प्रत्येक घरका पुरुष कालापहाड जान्थे । अहिले सबै तरकारी बारीमै झुमेका देखिन्छन् । युवाको मन पनि विदेशतिर भन्दा गाउँतिरै फर्किन थालेको छ ।
यसरी सुरु भयो यात्रा
२०६८ सालतिर अमेरिकी सहयोग नियोग (युएसएआइडी)ले जंगला गाउँमा समूह गठन गरी किसानलाई तरकारी खेतीको लागि बीऊ बितरण गरेको थियो । समूहमा आवद्धउनकी श्रीमती लक्ष्मीदेवीले टमाटरको बीऊ घरमा ल्याएर राखेकी थिइन् । संयोगवश कालापहाडबाट आएका नयाँरामले त्यो देखे । र, रहरै रहरमा लगाए । ‘हेर्दाहेर्दैै त्यो त लटरम्म फल्यो, पहिलो लटमै १६ हजार रुपैयाँ कमाएँ,’उनले भने, ‘त्यसपछि तरकारी खेतीमा लागेको मैले फर्केर पछि हेर्नु परेको छैन ।’
केही महिना पछि युएसएआइडीको कार्यक्रम सकियो । संस्थाले गठन गरिदिएको समूहपनि विघठनको अवस्थामा पुगे । समूहका सदस्यले बचत गरेको रकम फिर्ता लिन थाले । यस्तो देखेपछि एक दिन समूहको बैठकमा सहभागी भएका नयाँरामले समूह बिघठन गर्नु भन्दा पुनर्गठन गरेर अघिबढ्न प्रस्ताव राखे । उनको प्रस्ताव सर्वस्वीकार्य नभएपनि १६ जनाले साथदिए । उनले अर्को प्रस्ताव पनि राखे– आपूmपनि समूहमा बस्ने । गाउँलेले उनको प्रस्तावमाने पछि केही समयमै उनी समूहको अध्यक्ष चयन भए । ‘मैले गाउँमा भइरहेको राम्रो सामूहिक अभियानलाई नयाँ जीवन दिएँ,’उनीभन्छन्, ‘अहिले यही समूह गाउँमा सबैका आशा र भरोसाको केन्द्र बनेको छ ।’
अध्यक्ष भएपछि उनले जिल्ला कृषि विकास कार्यालयमा ‘बरपिपल कृषक समूह’ दर्ता गरे । किसानको हितकोष स्थापना गर्ने, सस्तो व्याजमा ऋणदिने व्यवस्था मिलाउने, उत्पादित तरकारी बिक्रीको ग्यारेन्टीगर्ने, बीऊ खरिदमा समूहले नेतृत्व गर्ने जस्ता निर्णय गरिए । अहिले यही समूहमार्पmत गाउँमा बिभिन्न निकायले सहयोग गर्दै आएका छन् । उनको समूहमा १६ जनाबाट बढेर ३६ किसान पुगेका छन् । केही समय अघि उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले समूहमार्पmत किसानलाई तरकारी खेतीमा सहयोग ग¥यो । ‘पहिले उत्पादन कम हुँदा बेच्न समस्या होलाकि भनेर समूहमा बस्नलाई कम्तिमा दुई रोपनीमा तरकारी लगाएको हुनुपर्ने नियम बनाइयो,’ उनीभन्छन्, ‘अहिले त  सबैले सरदर चार–पाँच रोपनीमा लगाएका छन् ।’
आयोजनाले तरकारी संकलन केन्द्र बनाइदिएपछि किसानलाई थप सहज भएको छ । समूहले व्यापारीसँग अग्रिम सम्झौता गरी तरकारी बेच्दै आएको छ । समूहले वीरेन्द्रनगरस्थित गोविन्द मण्डीलाई तरकारी बेच्छ ।
आयोजनाले संकलन केन्द्रका साथै किसानलाई सिँचाई कुलो, टनेल निर्माण, सडक मर्मत र प्राविधिक काममा पनि सहयोग गरेको छ । उक्त समूहमार्पm तकरिब ४२ लाख रुपैयाँ अनुदान दिएको छ । ‘सबैको सहयोगमा गाउँमा समृद्धि भित्रिएको छ,’उनीभन्छन्, ‘हिजो कालापहाड गएर नङ्ग्रा खियाउने दाजुभाइहरु अहिले आप्mनै घरबारीमा रमाउँदै मिहिनेतको फल खाइरहेका छन् ।’ (प्रकाश पन्त/HVAP)