News and Events

पखेरामा पैसा फलाउँदै, टेकबहादुर

गाउँका सयौं युवा खाडीमा पसिना बगाइरहेका बेला कालिकोट, तीलागुफा नगरपालिका–११ का टेकबहादुर शाही भने पखेरामा पैसा फलाइ रहेका छन् । करिब एक दसकदेखि स्याउ खेती गरि रहेका उनको कमाई खाडीमा पसिना बगाउने युवाको भन्दा कम्ति छैन । ‘घरमै बसिबसी राम्रै कमाई गरिरहेको छु,’उनीभन्छन्, ‘किन जानु प¥यो विदेश ?’
टेकबहादुरका तीन वटा बगैंचामा दुई हजार स्याउका रुख छन् । तीमध्ये आठ सय ३० वटा रुखले स्याउको फल दिन थालि सकेका छन् । बाँकी रुखले पनि केही वर्षभित्र स्याउ फलाउने उनको विश्वास छ ।
करिब डेढ दसकअघि त्यही पखेरो हो, जहाँ फापर, सिमी, आलु, गहुँ फल्थ्यो । उत्पादित अनाजले पाँच–सात महिना भन्दा बढी पुग्थेन । परिवारका पेट पाल्न कालापहाड जानुको बिकल्प थिएन । अहिले त्यही पखेरोमा फल्ने स्याउले वर्षभरि पुग्ने अनाज किन्न मात्र होइन, परिवारको सम्पूर्ण आवश्यकता पूरा गरिदिएको छ ।
२०६३ सालतिर सरकारले भारतको सिमलाबाट स्याउका बिरुवा ल्याएर सहुलियत दरमा बाँड्यो । त्यति बेला उनले तीन सय स्याउका बिरुवा रोपेका थिए । सुरु–सुरुमा सडक नहुँदा स्याउ फले पनि खासै आर्थिक उपार्जन भएन । कर्णाली राजमार्ग गाउँमै पुगेपछिभने उनका सुखका दिन फर्किए । उनले बगैंचामा स्याउका बोट पनि थपे ।
उनी थुप्रै पटक जिल्ला र क्षेत्रीय स्तरको उत्कृष्ट किसानबाट सम्मानित भइसकेका छन् । २०७३ सालमा त राष्ट्रिपति उत्कृष्ट पुरस्कारबाट सम्मानित भए । उनको पहिचान कर्णाली प्रदेशकै उत्कृष्ट स्याउ किसानको रुपमा दरिएको छ । आम्दानी पनि लोभलाग्दो छ । गतवर्ष मात्र करिब१५ लाख रुपैयाँ कमाए । केहीवर्ष अघिसम्म ११ जनाको परिवार पाल्न मुस्किल थियो । अहिले आर्थिक समृद्धिले परिवारमा सुख र शान्ति छाएको छ । ‘बाउबाजेले गर्न नसकेको आम्दानी र सुश गाउँमै पाउँदा खुसी लागेको छ,’उनीभन्छन्, ‘यो सबै मिहिनेत र बुद्धिको फल हो ।’ स्याउकै उत्पादनले छोराछोरीलाई राम्रो ठाउँमा शिक्षा दिइरहेको उनले बताए ।
उत्पादित स्याउको बजारीकरणमा पनि समस्या छैन । उच्चमूल्य कृषि वस्तु विकास आयोजनाले उनको स्याउगाउँदेखि कर्णाली राजमार्गको गाल्जेसम्म ल्याउन ग्राभिटी रोप–वे बनाइदिएको छ । यसले गर्दा निकै सहज भएको उनी बताउँछन् ।
प्लस टूसम्म पढेका उनी आयोजनाको निजी सेवा प्रदायक पनि हुन् । यस बापत उनले वार्षिक करिब दुई लाख रुपैयाँ कमाउँ छन् । आयोजनाको तर्पmबाट किसानलाई स्याउनर्सरी स्थापनागर्ने, रोग तथा किराको उपचार गर्ने, स्याउ ग्रेडिङ गर्ने, काटछाट गर्ने, बिरुवा जोड्न सिकाउने काम गर्छन् ।
अहिले उनको व्यवसायमा स्याउ मात्र सीमित छैन । बाख्रापालनका साथै सिमी, आलु, फापर खेती पनि गर्छन् । यस बापत थप पाँचलाख रुपैयाँ कमाउँछन् । स्याउको सिजनमा त उनले २० जनालाई तलब दिएर काममा लगाउने गरेका छन् । ‘पहिले कालापहाड गएर पराईको कामगर्थेँ, अहिले गाउँमै अरुलाई रोजगारी दिएको छु,’उनीभन्छन्, ‘जिन्दगीमा यो भन्दाठूलो सन्तोष अरु के हुन सक्छ र ?’
आयोजनाले ग्राभिटी रोप–वका साथै सिँचाई पोखरी, नीजि सेवा प्रदायक, अध्ययन तथा अवलोकन भ्रमणमा सहयोग गरेको छ । यसले उनीसहित स्याउ किसानलाई सहयोग मिलेको छ । ‘आयोजनाले सहयोग गरी हौसला नदिएको भए पुरानै अवस्थामा फर्किन्थेँ होला,’उनीभन्छन्, ‘अहिले त झन्झन् कामगर्ने उर्जा मिलिरहेको छ ।’
उनीआपूmले कमाएको सफलतामा आधारित रहेर ज्ञान, सीप अरुलाई पनि बाँड्छन् । यसले उनलाई गाउँ–समाजसँग जोडेको मात्र छैन, उनी समुदायको ‘प्यारो’ पनि बनेका छन् । ‘पैसा पनि कमाएँ, समाजको माया पनि कमाएँ,’उनीभन्छन्, ‘मलाई मेरो जिन्दगी बल्ल सार्थक लाग्न थालेको छ ।’(प्रकाश पन्त/HVAP)