News and Events

पैसा कमाउन विदेश जानै पदैन

३० महिनापछि विदामा घर आएका बराहताल –७, साँख, सुर्खेतका रोहित गरंजा कतार फर्किनु भएन । घर आएको वेला साथीभाइले तरकारीवाट गाउँमै विदेशको भन्दा राम्रो कमाई गरेको देखेपछि उहाँलाई कतार फर्किन मन लागेन । उहाँले पनि साथीभाईसँगै तरकारी खेती सुरु गर्नुभयो । अहिले तरकारीबाट विदेशको भन्दा दोब्बर आम्दानी गदै आउनु भएका उहाँले भन्नुभयो, ‘कतारमा १० वर्ष वस्ने योजना थियो । गाउँमा साथीभाईले गरेको रहरलाग्दो तरकारी खेतीले कतार फर्किन मनै लागेन । पासपोर्ट थन्क्याएर मैले पनि तरकारी खेती थाले ।’
‘पैसा कमाउन विदेशै जानुपर्छ भन्ने छैन, उहाँले भन्नुभयो, ‘गाउँमै केही इलम गर्ने हो भने राम्रो कमाई हुन्छ ।’ दुई रोपनी खेतवारीमा तरकारी खेती गर्नु भएका उहाँले महिनामा करिव ४० हजार रुपैयासम्म आम्दानी गदै आएको बताउँनु भयो । टमाटर र खोर्सानी लगाउदै आउनु भएका रोहित भन्नुहुन्छ ‘दिनभर फुर्सद हुन्न, मेरो लागि यहीँ विदेश भएको छ । विदेश जान तम्सिने युवालाई स्वदेशमै बसेर इलम गर्न सल्लाह सुझाव दिदै आएको छु ।’ 
तीन महिना कतारमा दैनिक १६ घण्टा मजदुरी गर्दा पनि सुको बचाउँन सकिएन । अहिले विदेशको सबै दुःख तरकारीले बिर्साएको छ । घरपरिवार छाडेर विदेश जाँदा पनि आर्थिक हैसियतमा फरक आएन । गाउँमा पनि पुख्यौली पेशा कृषिबाहेक अरु विकल्प पनि थिएन, त्यसैले गर्दा अरु भन्दा तरकारी खेती नै रोजे । विदेश विदेश भनेर केही हुँदो रहेनछ, पाखुरा चलाउन सके । स्वदेशमै सबैथोक छ, उहाँले भन्नुभयो । तरकारीकै आम्दानीले उहाँले केही जग्गा जमिन जोड्नु भयो । छोराछोरी बोर्डिङ स्कुलमा पढउनु भएको छ । ‘विदेशमा पाएको दुःख सम्झिँदा दिक्क लाग्छ उहाँ भन्नुहुन्छ, ‘अरुको देशमा गएर गुलामी गर्नुभन्दा थोरै आम्दानी भएपनि आफ्नै गाउँमा गरेको जाति ।’ 
तरकारीबाटै छोरारछोरीलाई शिक्षादीक्षा दिन र घरखर्च राम्रोसँग चलेको छ ।  ‘तरकारी खेती गर्न थालेको ५ बर्षभयो, उहाँले भन्नुभयो,‘ पैसाको अभाव खेप्नु परेको छैन । उच्च मूल्य कृषि वस्तु विकास आयोजनाको सहयोगपछि आम्दानीमा तेब्बरले बृद्धि भएको पनि उहाँले बताउँनु भयो । आयोजनाले एकता आयआर्जन कृषक समूह माफर्त साँखका किसानलाई बेमौसमी तरकारी खेतीमा सहयोग गरेको छ । आयोजनाले किसानको लागि तरकारी संकलन केन्द्र, सिचाई कुलो र उत्पादित तरकारीलाई बजारसम्म पुरयाउनको लागि कलर्भड निर्माणमा सहयोग गरेको छ । तरकारी उत्पादन गर्न सक्नु पर्यो । बेच्नको लागि समस्या छैन । गाउँमै मोटरबाटो पुगेपछि बजार पुर्याउन सजिलो भएको छ, गरंजाले भन्नुभयो, ‘सवै तरकारी संकलन केन्द्रमा ल्याउँछौ । त्यहाँबाट गाडीले बजार लैजान्छ ।
अर्गानिक खेतीमा विस्तार गर्ने योजना बनाउनु भएका उहाँले आफै नमुना बनेर अरुलाई पनि सिकाउने बताउनु भयो । यसअघि बर्षाको समयमा मात्र धान लगाउथ्यौ । हिउँदमा जग्गा बाझै हुन्थ्यो । आयोजनाले सिचाईमा सहयोग गरेपछि अहिले हिउँदमा पनि तरकारी फलाउछौ, उहाँले भन्नुभयो, सिचाई भएपछि १० मुरी धान फल्ने जमिनमा तरकारीलेबाट सय मुरी धान किन्ने पैसा हुन्छ । पहिला विराम हुँदा अरुसँग ऋण लिनुपन्थ्यो । अव विदेश जानु पैदन । यहीबाटै घरखर्च चलाउको छु । तरकारी वेचेरै घडेरी किने । भाई पनि विदेशमै थियो । भाईलाई पनि विदेशबाट वोला । पहिएलो वर्ष साढे तीन लाख रुपैया कमाए । त्यसपछि धेरै उत्साहित भए । स्वदेशमा आफूले चाहेको काम गर्न सकिन्छ तर विदेशमा अरुले अराएको काम गर्नुपर्छ ।  
विदेश जान सोच बनाएका युवाहरुलाई उहाँ आफनै देशको माटोमा रमाउन सुझाव दिनुहुन्छ । विदेशको जति आफनै गाउँमा दुख गरे धेरै कमाई हुन्छ । आयोजनाले सहयोग नगरेको भए म पनि अहिले विदेशमै हुन्थे होला । आयोजनाकै कारण  अवस्थामा पुगियो । तरकारीबाट आम्दानी वढ्दै गएपछि विदेशको चाहानै हुदैन । सोच नै आउँदै । त्यसैले अहिले विदेश जान फिटिक्कै मन छैन । अव कहिल्यै गइदैन होला । प्रकाश पन्त/HVAP