News and Events

जागिर हैन, जाँगर

वैदेशिक रोजगारीले गाउँमा युवाको खडेरी भइरहेको बेला सल्यान, बनगाडकुपिण्डे नगरपालिका–४, गर्चेगाउँका देवबहादुर राना भने अपवाद बनेका छन् । उनको मनमा विदेश जाने सोच कहिल्यै आएन । बरु गाउँमै तरकारी खेती गरेर सन्तोषजनक जीवन बिताइरहेका छन् ।
देवबहादुर १३ वर्षको हुँदै उनको बुवाको निधन भयो । त्यसपछि उनीसहित पाँच भाइबहिनीको पालनपोषणको जिम्मा आमाको काँधमा आइलाग्यो । कमजोर आर्थिक अवस्थाका उनी बीचमै पढाइ छाडेर कमाउनको लागि कालापहाड जान बाध्य भए । त्यहाँ उनले निकै हण्डर खानुप¥यो । सोचेजस्तो भएन । ६ महिनामा आठ हजार रुपैयाँ लिएर घर फर्किए । ‘बुवाको निधनपछि निकै समस्या झेल्नप¥यो, गाउँलेले एक पाथि कोदो बेसाहा गर्न जाँदासमेत पत्याउन्नथे,’ उनी ती दिन सम्झिँदै भन्छन्, ‘एक जोर कपडाले हिउँदा÷वर्षा काटाउनु पथ्र्यो ।’
३३ वर्षीय देवबहादुरको जीवनमा अहिले समयले कोल्टे फेरेको छ । उच्च मुल्य कृषि वस्तु विकास आयोजनाको सहयोगपछि उनको जीवनले नयाँ नयाँ मोड लिएको हो । आयोजनाको सहयोगमा उनले चार वर्षअघि तरकारी खेती सुरु गरे । त्यसयता घरव्यवहार चलाउन कसैसँग हात थाप्नु परेको छैन । बेमौसमी तरकारी खेतीबाट उनी मासिक करिब २०–२५ हजार कमाउँछन् । ‘घरमै बसिबसी यतिसम्म कमाइ होला भन्ने त सोचेकै थिइँन,’ उनले भने, ‘मिहिनेत गरेपछि सफल भइन्छ भन्ने मैले आपैmबाट अनुभूति गरेको छु ।’
कुनै बेला गाउँमा बेसाहा नपत्याउने गाउँमा अहिले उनी तरकारी खेतीबाट सबैभन्दा बढी आम्दानी गर्ने किसान बनेका छन् । यो व्यवसायले उनका आयस्तरमात्र बढाएको छैन, इज्जतसमेत दिएको छ । २०७० यता उनको मुख्य पेसा नै तरकारी खेती बनेको छ । उनको बारीमा बाहै्रमास टमाटर, काउली, बन्दा, सुर्खानी, काँक्रा, फर्सीलगायत तरकारी फल्छन् । उत्पादित तरकारी गर्चेबजार, कालचिउरा, कैनकाँडा, चौरजहारी, सल्लीबजार पठाउँछन् । तरकारीको आम्दानीले आमासहित परिवारका सात सदस्यको दैनिक जीवनयापन चलिरहेको छ । ‘अब तरकारीबाटै जीवन निर्वाह गर्न सक्छु भन्ने आँट पलाएको छ,’ उनले भने, ‘पाखुरा चलाउन सक्यो भने पैसा भनेको आफ्नै हातमा हुँदोरहेछ ।’
२०६६ सालमा देवबहादुर र उनका ६ जना साथी मिलेर हिमालय ताजा तरकारी बीउ उत्पादक समूह खोलेका छन् । अहिले यो समूहमा ३० जना सदस्य छन् । स्थापनाको चार वर्षपछि उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले समूहलाई बेमौसमी तरकारी खेतीमा सहयोग ग¥यो । आयोजनाकै कारण उनी फड्को मार्न सफल भए । तरकारी खेतीले कालापहाड छुटायो । दुःखका दिन गए, सुखका दिन आए । ‘यही आयोजनाले मलाई थप प्रेरणा दियो,’ उनी भन्छन्, ‘सहयोग नपाएको भए सायद मेरा दिन कालापहाड धाउँदैमा बित्थे होलान् ।’
अहिले उनी पैसाको लागि साहुको दैलो धाउनुपर्दैन । बरु ऋण खोज्नेहरू उनको दैलो टेक्न आउँछन् । तरकारीबाट वर्षमा करिब दुई लाख रुपैयाँ बचत गर्छन् । चार मुरी गहुँ फल्ने खेतमा कटहर, अनार, आँप र केरा खेती पनि गरिरहेका छन् । उनी असल किसानमात्र होइनन्, सडक विभागका ज्यालादारी जागिरे पनि हुन् । यसबाट मासिक ६÷७ हजार रुपैयाँ थप आम्दानी हुन्छ । अर्कोतिर श्रीमतीले गाउँमै नास्ता पसल चलाइरहेकी छिन् । नास्ता पसलबाट पनि राम्रै आम्दानी भइरहेको देवबहादुर बताउँछन् । ‘जागिर छैन भनेर अल्छि गरेर बस्यो भने त्यत्तिकै पैसा घरमा आउँदैन,’ उनी भन्छन्, ‘जाँगर चलायो भने जताबाट पनि पैसा आउँदोरहेछ ।’ रोजगारीको लागि विदेश जान हतारिने युवाहरुलाई उनी गाउँमै बसेर इलम गर्न सुझाव दिन्छन् । प्रकाश पन्त / HVAP