News and Events

विदेशको भिसा त्यागेर गाउँमै तरकारी खेती

३ वर्ष मलेसिया र २ वर्ष साउदी अरेविया गरी ५ वर्ष खाडी मुलुकमा पसिना बगाएका पंचपुरी २ जंगलाका नरजंग शाही फर्केपछि दुवई जाने तयारीमा हुनुहुन्थ्यो । त्यसका लागि उहाँले काठमाडौंको सिनी हाइड्रो कम्पनीलाई पासपोर्ट बुझाउनु भयो । अन्र्तवार्ता भयो अनि सेक्युरिटी गार्डमा छानिनु भयो । बिदा माग्न घर आएका बेला गाउँका आफूजस्तै युवाहरुले तरकारी खेती गरिराखेको देखेपछि उहाँको मन फर्कियो । भिसा पनि लागिसकेको थियो । महिनादिन पछि उडने तयारीमा थिए । घरपरिवारसँग बिदा माग्न गाउँ आए, उहाँले भन्नुभयोे, ‘आफूजस्तै युवाहरुले घरपरिवारसँग बसेर तरकारी खेती गरिराखेको देखेपछि विदेश जाने मनै लागेन ।’
विदेश नगएर उहाँले २०७२ सालमा ४ रोपनी जग्गामा ४ हजार बोट टमाटर  लगाउनु भयो । ६ लाख रुपैया बराबरको कारोवारो भयो । सवै खर्च कटाएर उहाँले ३ लाख ५० हजार रुपैया बचत गर्नुभयो । सुरुकै वर्ष विदेशको भन्दा दोव्वर कमाई भएपछि उहाँले मासिक १० हजार रुपैयाँ दिएर एक जना काम गर्ने मान्छे  राख्नु भयो । अहिले उहाँ तरकारी बिक्री गरेरै वार्षिक ७÷८ लाख रुपैया बचत गर्नुहुन्छ । फेरी विदेश नगएर समयमै बुद्धि पुरयाए शाहीले भन्नुभयो, ‘अहिले घरपरिवारसँगै बसेर विदेशको भन्दा राम्रो आम्दानी गरिरहेको छु । शाही यसपाली ८ रोपनी बारीमा तरकारी खेती गर्ने योजनामा हुनुहुन्छ । 
उच्च मूल्य कृषि बस्तु विकास आयोजनाले जंगलामा रहेको वरपिपल कृषक सुमह मार्फत किसानहरुलाई व्यवसायिक तरकारी खेतीमा सहयोग गरेको थियो । आयोजनाले सुमहलाई बेमौसमी तरकारी खेती, सिंचाई, सडक र तरकारी संकलन केन्द्र गरी समुहलाई ४१ लाख रुपैया भन्द बढी अनुदान सहयोग दिएको छ । आयोजनकै कारण व्यवसायिक तरकारी खेती गर्ने प्रेरणा मिल्यो, शाहीले भन्नुभयो, यदि आयोजनाको सहयोग हुदैथ्यो भने अहिले पनि खाडी मुलुकमै पसिना वगाईरहेको हुन्थेहोला ।
आयोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा छोटो समयमै राम्रो सफलता हात पार्न सफल भएको उहाँले तरकारी खेती थालेको पहिलो दुई महिनामै ६० क्वीन्टल टमाटर बेच्नु भएको थियो । त्यतिवेला १८ रुपैया किलो थियो । अहिलेको जस्तो ४० रुपैया किलोमा बेचेको भए अझ धेरै आम्दानी हुन्थ्यो । खाडी मुलकमा दैनिक १६ घण्टा गर्दा २० हजार रुपैया कमाएको उल्लेख गदै शाहीले तरकारी खेतीबाट महिनामा ४०÷५० हजार रुपैयासम्म आम्दानी गरेको बताउनु भयो । 
तरकारी बेचेको आम्दानीबाट एउटा ट्याक्टर किन्नु भएको छ भने केही जग्गा जमिन पनि जोडनु भएको छ । व्यवसायिक तरकारी खेतीमा उहाँलाई ३ वर्ष साउदी अरेविया बसेका कान्छो भाई गणेशले पनि साथ दिनु भएको छ । शाहीले विदेश जाने युवाहरुलाई पनि आफनै गाउँमा तरकारी खेती गर्न प्रेरत गदै आउनु भएको छ । विदेशको अनुभव र गाउँको आम्दानी बारे युवाहरुलाई भन्छु । कतिपय विदेश जान ठिक्क परेका युवाहरु पनि अहिले वेमौसमी तरकारी खेतीमा जुटेका छन उहाँले भन्नुभयो ।
गाउँलाई नै समृद्धिको बाटोमा अघि बढाउने मेरा अयिभान छ उहाँले भन्नुभयो, जंगलाका जस्तै अरु गाउँका युवालाई पनि आफनो ज्ञान, सीप र अनुभव वाँडेर समृद्धितर्फ अघि बढाउँछु । केही वर्ष अघिसम्म यहाँ तरकारी खेती गर्ने चलन थिएन । नुन सुखौनी र चाउचाउसँग रोटी खानुपर्ने बाध्यता थियो । गाउँमा धान रोपेर भारत जाने । दशैं मान्न घर आउने । गहुँ स्याहारेर फेरि कालापहाड लाग्ने चलन थियो शाहीले भन्नुभयो, ‘मैले व्यवसायीक तरकारी खेती सुरु गरेपछि अहिले कुनै पनि युवाहरु विदेश गएका छैन ।’ विदेश भन्दा स्वदेशमा गरेको दुखको मजा अकै हुन्छ । विदेशमा भन्दा स्वदेशमा पौरख गरे ४÷५ रोपनी जग्गाा तरकारी खेती गरे सुख शान्तिसँग महिनामा ५० हजारसम्म कमाई गर्न सकिन्छ । प्रकाश पन्त/HVAP