News and Events

मिहिनेत गरे सुखका दिन आउने रहेछन

९ वर्षसम्म खाडी मुलुक साउदी अरेवियामा पसिना बगाएका भेरीगंगा नगरपालिका– १ लेखपराजुल सुर्खेतका सन्तोष महतरा घर फर्केपछि फेरी विदेश जाने तयारीमा हुनुहुन्थ्यो । त्यसका लागि उहाँले म्यानपावर कम्पनीलाई पासपोर्ट पनि बुझाउनु भयो । विदेश जाने प्रक्रिया अघि बढदै गर्दा गाउँकै एकजना युवाले  बाख्रापालन गरेको देखेपछि उहाँको मन फेरियो । विदेशको चक्कर छाडेर सन्तोषले विदेश जाने पैसाले बाख्रा किन्नु भयो । एकै पटक १५÷१६ वटा बाख्रा किन्नु भएका उहाँसँग अहिले ५१ वटा बाख्रा छन ।
अहिले उहाँकी श्रीमति तिलाले बाख्रापालन व्यवसायलाई अघि बढाउनु भएको छ । परम्परागत रुपमै बाख्रा पाल्दै आएका महतरा दम्पति ३÷४ वर्षदेखि व्यवसायिक बाख्रापालनमा जुटेका छन । यो वर्ष बाख्राबाट २ लाख रुपैया आम्दानी भएको तिलाले बताउनु भयो । विदेश नगएर बुद्धि पुरयाउनु भयो तिलाले भन्नुभयो, ‘विदेश नगएर पहिले देखि नै बाख्रा पालेको भए धेरै राम्रो भैइसक्ने थियो । तर अहिले पनि बाख्राबाट विदेशको भन्दा राम्रै आम्दानी भैइरहेको छ ।’ 
गाउँकै लालिगुँरास स्रोत विकास बाख्रापालन समुहमा आवद्ध तिलाले उच्च मूल्य कृषि वस्तु विकास आयोजनाबाट बाख्रा पाल्ने प्रेरणा मिलेको बताउनु भयो । लालिगुँरास समुहलाई आयोजनाले बाख्रापालनमा आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो । आयोजनाको सहयोग समुह मार्फत तिलाले पनि पाउनु भयो ।  परम्परागत रुपमा बाख्रापालन गरिरहेका थियौ उहाँले भन्नुभयो, ‘आयोजनाले व्यवसायिक रुपमा बाख्रापालन गर्ने प्रेरणा दियो ।’ श्रीमानले पनि विदेशबाट बर्षमा २÷३ लाख रुपैया पठाउनु हुन्थ्यो । अहिले घरपरिवारसँगै बसेर विदेशकै हाराहारीमा कमाई भैइरहेको छ । बाख्रा पाल्दाको फाइदा सुनाउँदै उहाँले भन्नुभयो, ‘पहिला नै बुद्धि फिरेको भए अर्काको देशमा पसिना बगाउन जानु पर्ने थिएन ।’ आर्थिक अभावले गर्दा आफुहरुले पढन नपाएपनि उहाँले छोराछोरीलाई भने गाउँकै विद्यालयमा पढाउनु भएको छ । जेठी छोरी लक्ष्मी सरकारी विद्यालयमा १० कक्षामा पढदैछन । जेठो छोरा सन्देश र कान्छी छोरी जमुना गाउँकी नीजि विद्यालयमा  पढ्छन । अरु आम्दानीको कुनै माध्यम छैन । बाख्राकै आम्दानीले छोराछोरीको महिनाको ७ सय ५० रुपैया शुल्क तिर्ने भएको छ । 
महतराले अहिले वर्षमा १५÷१६ वर्ष खसीवोका बेच्ने गरेको बताउनु भयो । बाख्रा पाल्नु अघि पैसाको धेरै समस्या हुन्थ्यो । अनाज किन्दा, विरामी हुँदा छिमेकी गुहार्नु पथ्यो । अहिले पैसाको खासै अभाव छैन । घरखर्च चलाउन, छोराछोरी पढाउन, विरमी पर्दा औषधी मुलो गर्न बाख्राकै आम्दानीले पुगेको छ । मिहिनेत गरे सुखका दिनहरु आउने रहेछन तिलाले भन्नुभयो, ‘पैसा चाहिएको वेला एउटा खसीवोका बेचेर पनि काम चलाउन सकिन्छ ।’ आयोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा उहाँले आधुनिक खोर निर्माण गर्नु भएको छ । आयोजनाकै सहयोगमा बोयर बोका पनि ल्याउनु भएको छ । अहिले उहाँसग ५ वटा बोयर छन । बोयरका २ वटा पाठा र ३ वटा पाठी भएका छन । बाख्रापालन व्यवसायलाई अझ विस्तार गर्नको लागि बारीभरी घाँस खेती पनि गर्नु भएको छ ।  
१७ वर्ष अघि घरपरिवारबाट हुँदा तिलाले माइतबाट एउटा बाख्रा ल्याउनु भएको थियो । त्यो एउटाबाट २४ वटा बाख्रा भए । एउटै बाख्राबाट ६० हजार रुपैया आम्दानी भयो । त्यो आम्दानी देखेर गाई भैसीसगै बाख्रा पनि पाल्नु भयो । तर परम्परागत रुपमा पाल्दा बाख्राबाट भने जस्तो फाइदा भएको थिएन । तर आयोजनाले खोर बनाउने पैसासँग बाख्रा पाल्ने ज्ञान सीप पनि सिकायो उहाँले भन्नुभयो, पहिला ऋण सापट दिन अन्कनाउने गाउँले अहिले विस्वास गर्न थालको छन । हुन पनि पहिला ऋण सापट ल्यायो भने तिर्ने उपाय पनि केही थिएन । कसरी तिर्ला भनेर साहुँले पनि पत्याउदैन्थे । खाइदिने होकि भनेर दिन पनि डराउथे  तिलाले भन्नुभयो अहिले सवैले विस्वास पनि गर्छन हामीबाट सहयोगको पनि आशा गर्छन । बाख्रापालन थालेपछि श्रीमान पनि विदेश जानु भएको छैन । बाख्रापालन व्यवसायलाई  अझ विस्तार गर्ने योजनामा उनीहरु छन । प्रकाश पन्त/HVAP