News and Events

‘इच्छाशक्तिले नै मान्छेलाई सफल बनाउने रहेछ’

कुनै वेला दैलेख भगवतीमाई गाउँपालिका– ३ मेहलतोलीका ४३ बर्षे जनकराज रेग्मीको आर्थिक अवस्था एकदमै नाजुक थियो । घरखर्च चलाउन, विरामी पर्दा उपचार गर्न अनि छोराछोरीलाई पढाउन साहुँसँग ऋण लिनु पथ्यो । तर अहिले आर्थिक अवस्था फेरिएको छ । आर्थिक समस्या छैन बरु समस्या परेको वेला अरुलाई उल्टै सहयोग गदै आएको छु  रेग्मीले भन्नुभयो, ‘यो अवस्थासम्म आइपुग्न जीवनमा धेरै हन्डरठक्कर खाइयो ।’ 
गाउँमा पैसा कमाउने कुनै उपाय नभएपछि उहाँ कमाइ गर्न भारत जानुहुन्थ्यो । त्यहाँ पनि राम्रो काम पाइदैन्थ्यो । काम पाइएपनि भने अनुसारको पैसा हुदैन्थ्यो । रेग्मीका दिनहरु यसरी नै वितिरहेका थिए । तर २०६५ सालमा उहाँले पशु ग्रामिण स्वास्थ्य कार्यकर्ताको ३५ दिने तालिम लिने अवसर पाउनु भयो । त्यसपछि उहाँको जीवनमा सुखका दिनहरुको सुरुवात भयो । तालिम लिएपछि २०६६ सालमा गाउँमै रेग्मीले शिशिर एग्रोभेट सेन्टर संचालन गर्नुभयो । सुरुसुरुमा झोलामा औषधी राखेर गाउँ गाउँमा डुलेर पुशचौपायको उपचार गर्नु भएको थियो । व्यवसाय सुधार गर्न उच्च मुल्य कृषि बस्तु विकास आयोजनाले रेग्मीलाई सहयोग गरेको थियो । आयोजनाले औजार तथा उपकरण दिनुको साथै विभिन्न किसिमका तालिम  पनि दियो उहाँले भन्नुभयो, ‘आयोजनाको सहयोगपछि आम्दानी तेब्वरले बृद्धि भयो ।’ 
एग्रोभेटसँगसगै रेग्मीले बेमौसमी तरकारी खेती, बाख्रापालन र नर्सरी पनि सुरु गर्नुभयो । उहिले उहाँको एग्रोभेट, तरकारी खेती, नसरी र बाख्राबाट वर्षमा ४ लाख रुपैया कमाउदै आउनु भएको छ । आर्थिक अभावले गर्दा आफुले पढन नपाएपनि उहाँले छोराछोरीलाई भने राम्रोसँग पढाउनु भएको छ । उहाँका ३ बहिनी छोरी र २ भाई छोरा गरी ५ जना छोराछोरी छन । जेठी छोरी लक्ष्मीलाई कृषि जेटिए पढाउनु भएको छ । भने जेठो छोरा हेमन्तलाई पनि प्राविधिक शिक्षा पढाउने योजना बनाउनु भएको छ । जेठोछोरा हेमन्त १० कक्षामा माइली छोरी दुर्गा ८ कक्षामा, कान्छी छोरी सरस्वती ६ कक्षामा र कान्छोछोरा शिशिर ४ कक्षामा पढ्दैछन । रिचार्ज किन्नको लागि कुनै वेला सय रुपैया सापट मागेको बताउने रेग्मी अहिले पैसाको खासै समस्या नभएको बताउनु हुन्छ । परिवर्तनको लागि इन्छाशक्ति चाहिने रहेछ उहाँले भन्नुभयो, ‘इच्छाशक्ति नभएको मान्छेले परिवर्तन गर्न सक्दैन, जहाँको त्यही हुन्छ ।’ 
आयोजनाले उहाँलाई गोवर परिक्षण गर्ने माइक्र्रोस्कोप, बर्डिजो क्यास्ट्रेसन, बिकर, स्लाटड, डे«म्चिङ गन, किट वक्स, कुल वक्स, फ्रिज, दराज लगायतका औजार तथा उपकरण सहयोग गरेको थियो । आयोजनाको सहयोगपछि ज्ञान, सीपसँग जनस्तरमा विस्वास पनि बढ्दै गएको उहाँले बताउनु भयो । तोली, रुम, जगनाथ लगायत ठाउँका बासिन्दालाई सेवा दिदै आएका रेग्मीले नीजि सेवा प्रदायकको रुपमा काम गरेर बार्षिक २ लाख रुपैया आम्दानी गदै आएको उल्लेख गर्नुभयो । 
उहाँले ३ रोपनी जग्गामा तरकारी खेती, ३ रोपनी जग्गामै घाँसखेती गर्नु भएको छ । वर्षमा ५०÷६० हजार रुपैयाको तरकारी र ४०÷५० हजार रुपैयाको घाँस बेच्दै बेच्नु हुन्छ । खेती जति सडकले फालेपछि  रेग्मीले चामल भने बाह्रै महिना किनेर खानु हुन्छ ।   कामको सिलसिलामा भारत गएका रेग्मीले एक पटक २ वटा पुरी खाएको ४ हजार रुपैया तिर्नु भएको थियो । पहिले पटक कालापहाड जादाको दिन सम्झदै उहाँले भन्नुभयो, सुरुमा ५ रुपैयाको २ वटा पुरी भन्यो, पछि जवरजस्ती ४ हजार रुपैया लियो । खल्ती रितिएपछि ७ दिनसम्म भोकभोकै बन्नु भएको थियो । दुई पटक भारत गएका रेग्मीले दुवै पटक त्यस्ते हन्डर खानु भयो ।  भारतको हन्डर ठक्करले गाउँमै केही गर्नुपर्छ भन्ने उहाँमा सोच पलायो । त्यसपछि उहाँले गाउँकै दानबहादुर थापासँग १० हजार रुपैया ऋण लिएर खुद्रा पसल गर्नुभयो । खुद्रा पसलबाट पनि त्यति फाइदा भएन । त्यसपछि उहाँले एग्रोभेट संचालन गर्नु भएको थियो । सुरुमा उहाँले २०÷२२ हजार रुपैया लगानी गरेर एग्रोभेटको सुरुवात गर्नु भएको थियो । सानो लागनीबाट राम्रो फाइदा लिनु भएका उहाँ केही गर्छु भन्ने इच्छा शक्ति राख्नु नै सफलताको प्रस्तान विन्दु भएको बताउनु हुन्छ । 
गाउँमा काम पाइएन भन्दै विदेश जाने युवाहरुलाई रेग्मी विदेश जानको लागि गर्ने खर्चले गाउँमै केही व्यवसाय गर्न सुझाव दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, सक्भर जागिर पनि खानु हुदैन, अरुलाई जागिर दिने अवस्था सृजना गर्नुपर्छ । व्यवसाय गर्ने हो भने नाम सगसगै दाम पनि हुन्छ । व्यवसाय गर्दा इच्यत पनि हुन्छ । त्यसैले विदेश जाने मानसिकता त्यागेर स्वदेशमै केही व्यवसाय गर्नुपर्छ । अनि मात्र सफल भइन्छ । प्रकाश पन्त/HVAP