News and Events

‘पैसा भएपछि सवैले विस्वास गर्दा रहेछन’

सुर्खेत चिंगाड गाउँपालिका—६ पाम्का भोर्जनीका देवेन्द्र ओली अहिले स्नातकोत्तर पढ्दै हुनुुहुन्छ । नेपाली विषयमा स्नातक गर्नु भएका उहाँ सुर्खेतकै नमुना अदुवा कृषक पनि हुनुहुन्छ । ३ वर्षदेखि व्यवसायिक रुपमा अदुवा खेती थाल्नु भएका ओलीले राम्रो आम्दानी लिनु भयो । २०७१ सालमा ४ क्वीन्टल अदुवा बेच्नु भएका उहाँले यो वर्ष ९० क्विन्टल अदुवा बेच्नु भएको छ । अदुवासगसगै बेमौसमी तरकारी पनि गर्नु भएका उहाँले यसपाली अदुवावाट २ लाख र तरकारी वाट १ लाख ३० हजार रुपैया शुद्ध आम्दानी भएको बताउनु भयो ।  
विपन्न परिवारमा जन्मे हुर्नेका ओलीको जीवन संर्घषले भरिएको छ । पढाईमा सानैदेखि अब्बल भएपनि आर्थिक समस्याले उहाँ नियमित क्याम्पस जान सक्नु भएन । गाउँकै विद्यालयबाट एसएलसी पास गरेपनि उच्च शिक्षा पढ्न उहाँले ठुलै संर्घष गर्नु पर्यो । क्याम्पसमा भर्ना हुन र शुल्क तिर्ने खर्च जुटाउन न्युन तलवमा नीजि विद्यालयमा पढाउनु भयो । केही वर्ष गैरसरकारी संस्थामा पनि काम गर्नु भयो । महिनाको ५ हजार रुपैया तलवमा २ वर्ष जुम्लामा पढाए उहाँले भन्नुभयो, ‘८वर्ष गैरसरकारी संस्थामा काम गदै पढे ।’ 
१० वर्ष जागिरमा विताएका ३२ वर्षिय ओलीले उच्च मूल्य कृषि वस्तु विकास आयोजनाको सहयोगमा व्यवसायिक रुपमा अदुवा खेती थालेको बताउनु भयो ।  सानैदेखि कृषिप्रति रुची भएपनि आयोजनाकै नै कृषक बन्ने प्रेरणा दिएको उहाँले बताउनु भयो । पढे लेखेको मान्छे जागिर खान छाडेर अदुवा लगाउन थाल्यो भनेर सुरुसुरुमा कतिपयले कुरा पनि काटे । कतिपयले बुद्धि नै नभएको पनि भने । तर म निरास भइन । पढे लेखेकाहरुले पैसा कमाउन जागिर नै खानु पर्छ भन्ने छैन । ओलीले भन्नुभयो, ‘कसैका कुराहरु नसुनी महेनत गदै गए, सफल पनि भए । कुनै वेला आलोचना गर्नेहरु अहिले प्रशंसा गर्न थालेका छन ।’  
पढे लेखेका मान्छेले कृषि गर्नु हुदैन भन्ने सोच पाल्नेहरुका लागि गतिलो उदाहरण बनेका ओली व्यवसायिक अदुवा खेती आम्दानीको गतिलो माध्यम र जीवन बदल्ने साधन बनेको बताउँनु हुन्छ । बर्षेनी आम्दानी बढ्दै गएपछि उहाँले मकै गहुँ लगाउन छाडेर सवै बारीमा अुदवा लगाउदै आउनु भएको छ । मकै गहँु भन्दा अदुवाबाट धेरै फाइदा हुने गरेको छ । सुर्खेतका मण्डी र व्यापारीलाई अदुवा बेच्नु बेच्दै आएका ओलीले नै गाउँलेहरुको अदुवामा विक्री गरिदिनु हुन्छ । आयोजनाले व्यापारीहरु सम्वन्ध स्थापित गरिदिएपछि अदुवा बेच्न समस्या छैन । सुरु सुरुमा गाउँलेहरुले पनि विश्वास गदैन्थ्यो, राम्रो काम गदै गएपछि उनीहरुले पनि विश्वास गर्न थालेका छन, उहाँले भन्नुभयो, ‘पैसा भएपछि सवैले विस्वास गर्दा रहेछन ।’ 
आफुले राम्रोसँग पढ्न नपाएपनि उहाँले छोराछोरीलाई व्यवसायिक शिक्षा पढाउने सोच बनाउनु भएको छ । व्यवसायिक रुपमा अदुवा खेती गर्न थालेपछि १२÷१४ हजार रुपैयाको जागिर पनि सामान्य लाग्न थालेको बताउने  उहाँ  विदेश गएका आफन्तलाई  गाउँमै फर्केर कृषि व्यवसायमा लाग्न सुझाव दिनुहुन्छ । विदेशमा गर्ने दुख गाउँमै गर्ने हो भने प्रगति गर्न सकिने उहाँको भनाई छ । आफ्नो सफलताको रहस्य बारे उल्लेख गदै आलीले भन्नुभयो, ‘सफल हुनको लागि जीवनमा संर्घष गर्नुपर्छ । संर्घष नगरेसम्म कोही पनि सफल हुदैन । संर्घषबाटै जीवनस्तर सुध्रिन्छ ।’ प्रकाश पन्त/HVAP