News and Events

‘हामी गरिवको लागि आयोजना बरदान भयो’

३ वर्ष अघिसम्म सुर्खेत चिंगाड गाउँपालिका –६ भोर्जनीकी ३० बर्षिया भीमा चुनारको परिवारलाई साँझ÷विहान छाक जुटाउन मुस्किल थियो । एकातिर खेती गर्ने जग्गा जमिन थोरै थियो, अर्कोतिर उत्पादन पनि एकदमै कम हुन्थ्यो । हरेक वर्ष अन्न बेसाएर खानु पर्ने बाध्यता चुनाराको परिवारलाई थियो । अन्न किनेर खाने पनि पैसा हुदैन्थ्यो । व्यवसायिक रुपमा अदुवा खेती गर्न थालेपछि भिमाको जीवनले नयाँ मोड लिएको छ । अहिले अनाज पनि बढी उत्पादन हुन्छ उहाँले भन्नुभयो, ‘किनेर खानको लागि पनि पैसाको अभाव छैन ।’   
   
उच्च मूल्य कृषि बस्तु विकास आयोजनाको सहयोगपछि  आफनो जीवनले नयाँ मोड लिएको उहाँले बताउनु भयो । आयोजनाको सहयोगमा व्यवसायिक रुपमा अदुवा खेती थाल्नु भएकी भीमाले अदुवाबाट राम्रो आम्दानी लिनु भएको छ । ३ वर्षअघिसम्म अदुवा बेचेर पनि फाइदा लिन सकिन्छ भन्ने थाहाँ थिएन । आयोजनाले नै अदुवा खेती गर्ने प्रेरणा दियो, भिमाले भन्नुभयो, ‘हाम्री जस्ता गरिवको लागि आयोजनाको सहयोग बरदान नै भएको छ ।’ 
भिमाले सुरुको वर्ष अदुवाबाट २० हजार रुपैया कमाउनु भयो । मकै, गहुँ भन्दा धेरै फाइदा भएपछि अदुवा खेतीलाई वर्षेनी विस्तार गदै लिनु भएकी उहाँले गतवर्ष आम्दानी बढेर ५० हजार रुपैया पुगेको बताउँनु भयो । यो वर्ष अझ अदुवाको बीउ बेच्ने योजना उहाँको छ । पाम्का भोर्जनीमा रहेको शिशिर उन्नत अदुवा उत्पादन कृषक समुहलाई आयोजनाले अदुवा खेतीको लागि अनुदान सहयोग गरेको थियो । समुहमा आवद्ध भएको कारण आफुले पनि अदुवाको बीउ, अदुवा उत्पादन सम्वन्धी तामिल लिएको भिमाले बताउनु भयो ।
  
अहिले उहाँले गाउँभरी चाहिने बीउ उत्पादन गर्नु हुन्छ । माथिल्लो बस्ती बढी सेपिलो भएकोले पानी जम्छ । त्यसैले अदुवा कुहिन्छ । भीमाको जग्गा पारिलो र पानी नजम्ने भएकोले बीउ उत्पादनको लागि उपयुक्त छ । त्यसैले गाउँलेको लागि चाहिने अदुवाको बीउ भिमाले नै उत्पादन गदै आउनु भएको छ । गतवर्ष उहाँले गाउँलेलाई ५० क्वीन्टल बीउ बेच्नु भएको थियो । अहिले पनि पोहर सालकै हाराहारीमा बीउ बेच्ने उहाँको योजनाा छ । अदुवा उत्पादन गर्न थालेपछि दुखका दिनहरु बिर्सेको छु उहाँले भन्नुभयो, ‘अदुवाकै आम्दानीले वर्षभरी खान पुग्छ । छोराछोरी पढाउने देखि घरखर्च चलाउनेसम्म सवै खर्च चलेको छ । कसैसँग ऋण सापट लिनु पदैन । विरामी पर्दा पनि उपचार गर्न सकिन्छ भन्ने आँग पलाएर आएको छ ।’ 
कुनै बेला घरखर्च चलाउन उहाँले ३ प्रतिशत व्याजमा ऋण लिनु भएको थियो । अहिले हरेक महिना आफनो समुहमा बचत गर्नुहुन्छ । सवै छोराछोरीलाई पढाउनु भएको छ । जेठी छोरी लक्ष्मी बाँकेको सिचापानीमा ९ कक्षामा पढदैछन । अरु ३ भाई वहिनीहरु गाउँकै विद्यालयमा पढिरहेका छन । कान्छी छोरी पूर्णिमा ५ कक्षामा, जेठो छोरा रवि पनि ५ कक्षामा र कान्छो छोरा सुवास २ कक्षामा पढिरहेका छन । उहाँका श्रीमान् यामलाल मित्रीको काम गर्नुहुन्छ । अदुवा खेती गर्नु भन्दा अघि उहाँ हरेक वर्ष कालापहाड जानु हुन्थ्यो । तर ३ वर्षदेखि यामलाल पनि कालापहाड जानु भएको छैन । घरमै श्रीमतिलाई काममा सघाउँनु हुन्छ । विगतका दिनहरु सम्झदै भिमाले भन्नुभयो, ‘हिउँदे बाली गहुँ, जौ हुदैन्थ्यो, बर्षेबालीले ६ महिना पनि पुग्दैन्थ्यो । त्यसैले हरेक वर्ष अनाज बेसाएर खाने गथ्र्यो । तर अहिले बाह्रै महिना पानीको सुविधा छ । हिउँदे वाली पनि हुन्छ । खानको समस्या छैन ।’ 
उच्च मूल्य कृषि बस्तु विकास आयोजनाले सिचाईको लागि साढे ६ किलोमिटर टाढाबाट पानी ल्याइदिएको छ । पाम्का र अवलचिङ्गको सिमाना पर्ने भुरा खोलाबाट भोर्जनीमा सिचाइ ल्याउन आयोजनाले ११ लाख ३५ हजार ९ सय १६ रुपैया सहयोग गरेको थियो । वाकी रकम उपभोक्ताले ३ लाख ३६ हजार ३ सय ७२ रुपैया लगानी गरेका थिए । ४० एमएमको पाइपमा पानी ल्याएर गाउँको शिरानामा २५÷२५ हजार लिटर क्षमताका दुई वटा टंकी मार्फत ३० घरधुरीलाई पालैपालो सिचाईको लागि पानीको व्यवस्था गरिएको छ । २ सय रोपनीमा सिचाई सुविधा पुगेको छ भने खानको लागि पनि प्रयोग भएको छ । 
सिचाईको सुविधा भएपछि गतवर्षदेखि पिपलचौतारीमा रहेको दलित बस्तीका बासिन्दाले हिउँदे बाली लगाउन थालेका हुन । सिंचाई सुविधा भएपछि गतवर्ष ४ मुरी गहुँ फलेको उल्लेख गदै भिमाले भन्नुभयो, ‘मिहिनेत गरे फल पाइने रहेछ ।’ अदुवा खेती गर्नु भन्दा अगाडी र अहिले सामाजले हेर्ने दृष्टिकोणमा पनि ठुलो परिवर्तन आएको भिमाले महशुस गर्नु भएको छ । पहिला कसैले पनि पत्याउदैन्थ्ये । तर अहिले सवैले विश्वास गर्न थालेका छन । उहाँले अप्ठ्यारो पर्दा गाउँलेहरुलाई पनि सहयोग गदै आउनु भएको छ । प्रकाश पन्त/HVAP