News and Events

‘कछुवा गतिको उद्योग, एकाएक खरायो गतिमा पुग्यो’

 
२०६२ सालको अन्त्यतिर मंगलगढी चोकमा रहेको कोेसेली जनरल स्टोरमा सुर्खेत बड्डिचौरका किसान कृष्ण अधिकारीसँग बीरेन्द्रनगर–११ गाग्रेतालका खड्ककुमार भट्टराईको भेटभयो । बेसारका चाना बेच्न आएका अधिकारीसँगको भेटले नै भट्टराईको जीवनले नयाँ मोड लियो । उहाँले भन्नुभयो, ‘अधिकारी बेसार वेच्न आउनु भएको रहेछ, संयोगले भेटभयो । अधिकारीले सुकाएको एक केजी चाना २१ रुपैया किलोमा पसलेलाई बेच्दै हुनुहुन्थ्यो तर त्यही पसलमा बिक्रीको लागि राखिएको बेसारको ५० ग्रामको प्याकेटको ९ रुपैया मुल्य लेखिएको थियो । त्यो कुरा मेरो दिगमा ‘क्लिक’ भयो ।’   
त्यो वेला भट्टराई भुजा उद्योग खोल्ने योजनामा हुनुहुथ्यो । तर अधिकारीसँगको भेटले उहाँलाई बेसार उद्योग खोल्ने प्रेरणा दियो । यदि बेसार बेच्न आउनु भएका किसानसँग भेट हुदैन्थयो भने आज यो अवस्थामा पुग्ने थिइन उहाँले भन्नुभयो, ‘त्यो भेटले मलाई उद्योगपति बनायो ।’ त्यतिवेला सुर्खेतमा बाहिरवाट बेसार आउँथ्यो । एक किलो बेसारको मुल्य १ सय ८० रुपैया पथ्र्यो । तर सुर्खेतका किसानले भने नुनसँग एकसरो बेसार साट्थे । त्यो वेला एक केजी नुन ६ रुपैयामा पाइन्थ्यो । यो सवै कुरा बुझेपछि किसान, उपभोक्ता र आफुलाई पनि फाइदा हुने देखेपछि भट्टराई बेसार उद्योग खोल्ने निश्कर्षमा पुग्नु भयो । अनि २०६३ सालमा भट्टराई मसला उत्पादन तथा प्याकिङ्ग उद्योग दर्ता गर्नुभयो । 
उहाँले सुरुमा २० हजार रुपैयाबाट उद्योग संचालन गर्नु भएको थियो । २० हजार रुपैयाले एउटा तराजु, एउटा डाडु र बेसारका चाना किन्नु भएको थियो । छिमेकीको मिलमा चाना पिसेर प्लाष्टिकको थौलामा प्याक गरी बेच्नु भयो । पहिलो वर्ष २० हजार रुपैया लगानी गरेर २० हजार नै मुनाफा गरे उहाँले भन्नुभयो, ‘बाहिरबाट आएको एककेजी बेसारलाई १ सय ८० रुपैया पथ्र्यो, मैले ६० रुपैया किलोमा दिए । सस्तो, स्थानीय जात अनि गुणस्तरीय पनि भएकोले विक्री गर्न समस्या भएन, धमाधम बिक्री भयो ।’   
८ वर्षसम्म उहाँले यसरी नै बेसार बेच्नु भयो । पहिलो वर्ष २० क्वीन्टल बेसार खरिद बिक्री गरेका भट्टराइले २०७१ सालमा आइपुग्दा प्रतिवर्ष ८० क्वीन्टल पाउडर बेसार बेच्न थाल्नुभयो । २०७१ सालमा उच्च मुल्य कृषि बस्तु विकास आयोजनाले उद्योगको स्तरउन्नतिमा सहयोग गर्यो । आयोजनाले उद्योगको भवन निर्माण, उपकरण खरिद तथा जडानमा ४३ लाख रुपैया अनुदान दिएको थियो । त्यो रकमले उद्योगको भवन, बेसार टुक्र्याउने, पाउडर बनाउने, चाल्ने, प्याकिङ्ग गर्ने मेसिन र सुकाउनको ओवन डायर र  जेनेरेटर किन्नु भयो । 
बीरेन्द्रनगर नगरपालिका– ११ जर्वुटामा रहेको उद्योग १ करोड ११ लाख ८३ हजार २ सय ९१ रुपैयाको लागतमा स्तरउन्ति भएको हो । उद्योगलाई आयोजनाले ४३ लाख २४ हजार १ सय ४५ रुपैया अर्थात ३८ दशमलव ६७ प्रतिशत अनुदान सहयोग गरेको थियो । उद्योग संचालक भट्टराईले ६८ लाख ५९ हजार १ सय ४६ रुपैया अर्थात ६१ दशमलव ३३ प्रतिशत रकम खर्च गरेको गर्नु भएको छ । आयोजनाको सहयोगपछि उद्योगले ८० क्वीन्टल पाउडरबाट अहिले ४ सय ५० सय क्वीन्टल पाउडर उत्पादन गर्न थाल्यो । भट्टराइले १ सय ४५ देखि २ सय १० रुपैया किलोमा बेसारको सुटो किन्ने र त्यसलाई पाउडर बनाएर २ सय ६० देखि ३ सय २० रुपैयासम्म किलोमा बिक्री गदै आउनु भएको छ । अर्काको मिलमा पिस्दा प्रतिकेजी १० रुपैया भाडा तिर्नु पथ्र्यो, आयोजनाले मेसिन खरिदमा सहयोग गरेपछि अहिले त्यो लागत प्रतिकेजी २ रुपैयामा झरेको र प्रतिकेजी ८ रुपैया बचत हुने गरेको भट्टराइले बताउनु भयो । 
उहाँले उद्योग स्थापना गर्ने बेलासम्म प्रयाप्त बेसार पाइदैन्थ्यो । त्यति वेलासम्म किसानले घरायसी उपयोगको लागि मात्र बेसार लगाउने र बढी भएपछि मात्रा बजारमा बेच्न ल्याउने गर्थे । तर अहिले त्यो अवस्था छैन । अहिले किसानले व्यवसायिक रुपमा बेसार खेती गरिरहेका छन । आयोजनाले पनि जाजरकोट, दैलेख र सुर्खेतमा बेसार उत्पादन गर्ने किसानलाई समुह÷सहकारी मार्फत सहयोग गरेको छ । आयोजनाले नै बेसार उत्पादन गरिरहेका समुह÷सहकारी र भट्टराइको उद्योगवीच सम्वन्ध स्थापित गरिदिएको छ । जसले गर्दा किसान र उद्योग दुवैलाई फाइदा भएको छ । एकातिर उद्योगलाई कच्चा पदार्थको अभाव हुदैन भने अर्कोतिर किसानलाई पनि बेसार बिक्री गर्न बजारको समस्या छैन । 
समुह÷सहकारी र उद्योगवीच अग्रिम संझौता हुन्छ । प्रत्येक २ वर्षमा संझौता नविकरण हुन्छ । आयोजनाले सम्वन्ध जोडिदिएका ११ समुह÷सहकारीमा आवद्ध ५ सय ५० .भन्दा बढी किसानबाट उद्योगको लागि चाहिने ३३ प्रतिशत कच्चा पदार्थ आउँछ वाँकी अरु किसानबाट ल्याउँछु भट्टराइले भन्नुभयो, ‘समुह÷सहकारी भित्र र वाहिर गरी  करिव २ हजार किसानले उत्पादन गरेको स्थानीय जातको बेसार मात्र बेच्छु । तर हाइब्रिट जातको बेच्दैन ।’ 
बेसार उत्पादन गर्ने किसानलाई पनि उहाँले विभिन्न किसिमको सहयोग गरिरहनु भएको छ । आयोजनासँगको सहकार्यमा किसानलाई तालिम दिएको, बेसार वोयल गर्ने ड्रम दिएको र बजारको ग्यारेन्टी गर्नु भएको छ ।  जसले गर्दा किसानलाई बेसार खेती गर्ने थप प्रेरणा मिलेको छ । आयोजनाको सहयोगले आफ्नो उद्योगले ठुलो फड्को मारेको उल्लेख गदै भट्टराइले भन्नुभयो, ‘सहयोग नगरेको भए उद्योगको गति यो अवस्थामा पुग्ने थिएन । कछुवाको गतिमा विकास त हुन्थ्यो होला तर आयोजनाको सहयोगले खरायोको गतिमा पुगायो ।’
आर्थिक अभावले गर्दा भट्टराइले जीवनमा धेरै हन्डर ठक्कर खानु भयो । ६ कक्षामा पढदै गर्दा किताव किन्ने पैसा नभएर उहाँ १३ वर्षको उम्मेरमा कालापहाड जाएको विगत सम्झदै भट्टराइले भन्नुभयो, ‘कालापहाड कमाउन जादै÷आउँदै गरेर एसएलसी पास गरे, त्यो भन्दा माथी पढ्न सकिएन ।’ एसएलसी पास गरेपनि कालापहाड जाने÷आउने क्रम चलिरह्यो । कालापहाडमा उहाँले होटेलमा काम गर्नुभयो । हिमाचल सिमलाको स्याउ चंण्डीगढ ल्याएर पनि बेच्नु भयो । स्याउको व्यापारले उहाँलाई व्यापारी बनायो ।
भारतबाट फर्केपछि २०४५ सालमा सुर्खेतको बीरन्द्रनगर बजारमा खुद्रा पसल खोल्नु भयो । तर त्यसबाट पनि फाइदा लिन सक्नु भएन । त्यसपछि २०४६ सालमा आफ्नो गाउँ दैलेखको चामुण्डा फर्केर फेरी व्यापारमा हात हाल्नु भयो । गाउँमा राम्रै कमाई भयो । त्यसपछि २०५८ सालमा फेरी सुर्खेत झर्नु भयो । अनि मैनबत्तिको उद्योग संचालन गर्नुभयो । मैनबत्तिबाट सोचे अनुसारको फाइदा लिन नसकेपछि उहाँले केही समय साइकलमा सामान राखेर समेत बेच्नु भएको थियो । 
कुनै वेला चर्को आर्थिक समस्या भोगेका भट्टराइको बेसार उद्योग संचालनपछि जीवनस्तरमा ठुलो परिवर्तन आएको छ । अहिले उद्योगबाट वर्षमा १५÷१६ लाख रुपैया शुद्ध आम्दानी हुन्छ । ७ जनालाई रोजगारी दिनु भएको छ ।उद्योगकै आम्दानीले छोरालाई कम्प्युटर इन्जिनियर र छोरीलाई बीएसीएजी पढाउनु भयो । अहिले छोराछोरी दुवै रोजगारमा छन । उद्योग संचालनपछि जीवनले नयाँ गति लिएको महशुस गरेका उहाँले भन्नुभयो, ‘कुनै वेला ऋण माग्न जाँदा नपत्याएका बंैकहरु अहिले भने लगानी गर्न खोजीखोजी आउँछन । यो नै मेरो सफलता हो ।’
सफलताको रहस्यबारे उल्लेख गदै उहाँले लगनशिलता, निरन्तरता, धैर्यता र गुणस्तरीयताको कारण बेसार उद्योगमा आफु सफल भएको बताउनु भयो । उद्योग चलाउने कुरा तनावयुक्त हुन्छ तर म तनावसँग जुँध्न डराउँदिन भट्टराइले भन्नभयो, २०६७ सालमा ३२ लाख रुपैया घाटा हुँदा पनि मैले उद्योग छोडिन, धैर्य भएर संचालन गरिरहे । त्यसपछि कहिल्यै घाटा खानु परेको छैन । घाटा हुन वित्तिकै छाडेको भए यो अवस्थामा हुन्थेन ।’  
बेसार उद्योगबाट राम्रो आम्दानी लिन सफल उहाँ उद्योगलाई आगामी दिनमा थप विस्तार गर्ने योजना बनाउनु भएको छ । इमानदारी र लगनशिलताका साथ कुनै पनि व्यापार व्यवसाय गर्ने हो भने एकदिन पक्क पनि सफलताको शिखरमा पुग्न सकिने भट्टराइको अनुभव छ । त्यसैले एकैपटक ठुलो लगानी गरेर पनि सफलता हात लाग्दैन, थोरै लगानीबाट पनि ठुलो सफलता प्राप्त गर्न सकिन्छ उहाँले भन्नुभयो, धेरै लगानी गरेर सफल भैइदैन, निरन्तरता चाहिन्छ ।’  (प्रकाश पन्त /HVAP)