News and Events

‘पहिले कुर्नुपथ्र्यो, अहिले दिनदिनै हातमा पर्छ’

दैलेखको नारायण नगरपालिका –४ भीरमौराका तेजबहादुर मल्ल ६२ वर्ष बर्षको हुनुभयो । यो उमेरमा पनि उहाँ कुटो÷कोदालो समातेर माटोसँग पौठेजोरी खेल्नुहुन्छ । मिहिनेतकै करण उहाँको बारीमा लटरम्म टमाटर फलेका छन । अहिले टमाटर टिप्न मल्ललाई भ्याइनभ्याइ छ । आराम गर्ने उमेरमा तरकारी खेती थाल्नु भएका उहाँले तरकारीबाट राम्रै आम्दानी गर्नु भएको छ । ३ वर्षअघिसम्म गहुँ, मकै, कोदो लगाउँथ्यौ, फाइदा नै हुदैन्थ्यो, पैसाको लागि वर्षदिन कुर्नुपथ्यो, मल्लले भन्नुभयो, ‘तरकारी लगाउन थालेपछि अहिले दिनदिनै पैसा हातमा पर्छ ।’ 
उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले भीरमौरीमा रहेको भीरमौरा कृषक समुहलाई बैमौसमी तरकारी खेती गर्न सहयोग गरेको थियो । समुहमा आवद्ध मल्लले पनि आयोजनाको सहयोग पाउनु भयो । आयोजनाले सहयोगपछि व्यसायिक तरकारी खेती थाल्नु भएका मल्ल भन्नुहुन्छ ‘केही भएन भनेपनि वर्षमा १ लाख १५ हजार रुपैयासम्म आम्दानी हुन्छ ।’
तरकारीबाट राम्रो आम्दानी हुनथालेपछि मल्लले बुढेसकालमा काम गर्ने जोसजागर फर्केर आएको अनुभूति गर्नु भएको छ । कर्म गरे फल पाइन्छ भन्थे साँच्चै रहेछ, मल्लले भन्नुभयो, ‘केही नगरी बसेको भए, साँझ विहान पनि अरुसँगै तरकारी किनेर खानु पथ्र्यो होला, तर अहिले अरुलाई खान दिएर पनि दिनदिनै हातमा पैसा पर्छ । पैसाको लागि अब कसैको भर पर्नु पदैन ।’ 
मल्ललाई उत्पादित तरकारी वेच्न खासै समस्या छैन । गाउँ नजिकै रहेको भैसीखोरमा रहेको तरकारी संकलन केन्द्रलाई तरकारी दिनुहुन्छ । गाउँको सवै तरकारी केन्द्रमा जम्मा भएर बजारतिर जान्छ । मल्लले आफनो खेतवारीमा बारीमा टमाटर, काउली, बन्दा, फर्सी, तितेकरेला, आलुको खेती गर्नुहुन्छ । सवै काम आफैले पनि गर्न नसकिने भएकोले उहाँले अरु मान्छे पनि लगाउनु हुन्छ । तरकारी खेतीले एकतिर आयआर्जनमा बृद्धि भएको छ भने आत्म सन्तुष्टी पनि मिलेको छ । बिरामी हुँदा पहिला अर्कोसँग ऋण सापट माग्नु पथ्यो, अहिले पदैन मल्लकी श्रीमतिले भन्नुभयो, यतिका वर्ष मकै, गहुँ लगाएर केही उन्नति भएन, बेकारमा दुख गरेछौ । पहिले नै तरकारी खेती गरेको भए कति आम्दानी हुन्थ्यो होला ? 
भीरमौरा गाउँकै नमुना अग्रज किसान मल्लले आगामी दिनमा तरकारी खेतीलाई अझ विस्तार गर्ने सोच पनि बनाउनु भएको छ । अव अरु नयाँ व्यवसाय गर्न सकिदैन, लगानी पनि धेरै गर्नुपदैन, दुख पनि धेरै हुदैन, दिनदिनै हातमा पैसा आउँछ त्यसैले तरकारी खेतीलाई नै अझ अघि बढाउछु मल्लले भन्नुभयो । सायद आयोजना नपुगेको भए, हामी तरकारी खेती गदैन्थ्यौ होला । घरमा खानको लागि मात्र बारीको कुनामा तरकारी  लगाउथ्यौ । बेच्ने गरी तरकारी लगाउने चलन नै थिएन । आयोजनाले तरकारी खेती गरेर फाइदा लिन सिकायो, समय समयमा तालिम पनि दिएको छ । त्यसैले हामी खुसी छौ मल्लेले उल्लेख गर्नुभयो ।
बुढेसकालमा व्यसायिक तरकारी खेती थाल्नु भएका मल्ल भीरमौराका गाउँलेका लागि समेत प्रेरणाका स्रोत बन्नु भएको छ । बुढोमान्छे कुटो÷कोदालो समातेर माटोमा खेलिरहेको देख्दा उत्साह जागेर आउने गरेको छिमेकी पदमकुमारी मल्लले बताउनुभयो । उहाँकै प्रेरणाले गर्दा म जस्ता धेरैजनाले व्यसायिक रुपमा तरकारी थालेका छन पदमकुमारीले भन्नुभयो,‘ मिहिनेत गरेपछि जस्तो सुकै व्यसायमा हात हालेपनि सफलता हासिल गर्न सकिदो रहेछ ।’ प्रकाश पन्त (HVAP)