News and Events

‘संघर्षले सफल मात्रै होइन, सक्षम पनि बनाउने रहेछ’

दैलेख बजारमा रहेको बम फलफुल तथा सब्जीमण्डीका संचालक भरतबहादुर वमलाई साँझ÷विहन तरकारी बेच्न भ्याइनभ्याई हुन्छ ।  विहान उज्यालो हुँदा नहुँदै र दिउसो ३ बज्दा नबज्दै तरकारी किन्ने ग्राहकहरु आउन थाल्छन । ८ वर्षअघिबाट नारायण नगरपालिका –१ दैलेख बजारमा तरकारीको व्यापार सुरु गर्नु भएको उहाँले अहिले दैनिक २५÷३० हजार रुपैयाको तरकारी बिक्री गर्नुहुन्छ ।
वर्षमा २ करोड ५० लाख रुपैयाको तरकारीको कारोवारो गदै आउनु भएका उहाँले  तरकारीबाट बार्षिक २५÷२६  लाख रुपैया आम्दानी भएपनि सवै खर्च कटाएर १५÷१६ लाख रुपैया बचत हुने गरेको बताउनु भयो । संघर्षले मानिसलाई सफल मात्रै होइन सक्षम बनाउने रहेछ, वमले भन्नुभयो, मिहिनेतले जीवनमा नसोचेको परिवर्तन सम्भव हुदाँ रहेछ ।’ गाउँमा खाद्य तथा किराना पसलको व्यवसाय गर्दा ५÷७ लाख रुपैया घाटा लागेपछि पसलको उधारो खाता गाउँमै छाडेर होटेल गर्ने योजनाका साथ उहाँ २०६५ सालमा ठाटीकाँध गाउँपालिका–३ पिपलचौताराबाट दैलेख बजार आउनु भयो । दैलेख बजारमा ५ महिना जति होटेल पनि चलाउनु भयो । तर होटेलबाट पनि फाइदा भएन । होटेललाई बीचमै छाडेर उहाँले तरकारी व्यवसायमा हात हाल्नु भएको थियो ।
२०६६ सालबाट तरकारी व्यवसाय थाल्नु भएका वमले तरकारी पसल गर्ने बजारभित्र कोठमा नपाएपछि सानो घुम्ती किन्नु भएको थियो । ३ प्रतिशत व्याजमा ३५ हजार रुपैया ऋण ल्याएर सानो घुम्टी किन्नु भएका उहाँले जिरो लगानीबाट तरकारी व्यवसाय सुरु गरेको बताउनु भयो । संर्घषका दिनहरु उहाँले भन्नुभयो, होटेल नचलेपछि आफन्तलाई दिए । घुम्ती किनेपनि तरकारी खरिद गर्ने पैसा भएन । १३ सय रुपैयाको उधारो तरकारी ल्याएर बेचे । पहिलो दिनमै तरकारीवाट ३ सय रुपैया नाफा गरे । चिनेजानेकै मान्छेहरु तरकारी किन्न आउँथे ।यसवाट थप उत्साहित भए ।’
दैलेखकै उत्कृष्ट तरकारी व्यवसायी वमले सुरुका केही वर्षमा आफै गाउँमै पुगेर तरकारी ल्याउनु हुन्थ्यो । अहिलेको जस्तो सवै ठाउँमा यातायात सुविधा थिएन । त्यसैले डोकोमा बोकेर तरकारी ल्याउनु पथ्यो । परिश्रमको फल मिठो हुन्छ भने झै निरन्तरको मिहिनेतले उहाँको जीवनमा पनि ठुलो परिवर्तन ल्याएको छ । खाद्यान्नको व्यापारबाट घाटा लागेपनि तरकारीबाट राम्रै नाफा भएको छ । कडा मेहेनत गरे कहिलेकाही नसोचेको सफलता पनि प्राप्त हुँदो रहेछ बमले भन्नुभयो ।  
तरकारी व्यवसाय थालेको छोटो समयमै राम्रो आम्दानी गर्न सफल व्यवसायी वमले आफनो सफलताको पछाडि उच्च मूल्य कृषि वस्तु विकास आयोजनाको महत्वपूर्ण हात रहेको बताउनु भयो । आयोजनाको सहयोगमा उहाँले एक वर्ष अघि तरकारी बोक्ने गाडी किन्नु भएको छ । तरकारी व्यवसायलाई विस्तार गर्न बमलाई गाडी किन्नको लागि आयोजनाले बमलाई ६ लाख ५ रुपैया अनुदान सहयोग गरेको थियो । अनुदान सहयोग सगसगै आयोजनाले डिजिटल तराजु, क्रेट, क्षमता अभिबृद्धि सम्वन्धी तालिम पनि दिएको थियो । गाडी किन्नको लागि आयोजनाले ३० प्रतिशत रकम व्यहोरेको थियो भने वाकी ७० प्रतिशत रकम प्रभु वैकले ऋण दिएको थियो । सिंगल क्यापको उक्त गाडी बलमे २१ लाख ५ हजार रुपैयामा किन्नु भएको थियो । गाडी किन्ने योजना नै थिएन, वमले भन्नुभयो, ‘आयोजनाले गाडी किन्ने पे्ररणा दियो । गाडी किनेपछि तरकारी ल्याउन÷लैजान निकै सजिलो भएपछि  व्यापार पनि दोब्बरले बृद्धि भएको छ । गाडीको सुविधा भएपछि नारायण नगरपालिकाका विभिन्न ठाउँका साथै नौमुले, दुल्लु, डाँडीमाडी, कुशापानी, चामुण्डा, बेस्तडा, चौराठा, महावुगाउँ लगायतका ठाउँबाट तरकारी ल्याउने गर्नुहुन्छ । गाडीमा एक पटकमा १० क्वीन्टल सम्म तरकारी ल्याउने÷लैजाने सकिन्छ ।  
तरकारी बेचेर उहाँले ४ जना भाईबहिनीलाई पढाउनु भएको छ । बुवा आमाको हेरचाह गर्नेदेखि घरखर्च पनि तरकारीकै आम्दानीबाट चलेको छ । तरकारी बेचेर कमाएको रकम उहाँले जग्गा जमिन पनि जोडनु भएको छ । कमजोर आर्थिक अवस्थाले विगतमा धेरै दुख पाइयो उहाँले भन्नुभयो, त्यही दुःख बिर्सन, आफनै खुट्टामा उभिनु पर्छ भनेर तरकारीको व्यापार थाले । अहिले अरु युवाहरु पनि उहाँलाई पछ्याउन थालेका छन । 
थोरै मिहिनेत र सानो लगानीबाट पनि सफलता हासिल गर्न सकिन्छ भने उदाहरण दिन सफल व्यवसायी भरतबहादुर लगनशिलताका साथ पेशा गर्ने हो भने स्वदेशमै राम्रो उन्नति र प्रगति गर्न सकिन्छ विदेश जानै पदैन भन्नुहुन्छ । एकै पटक ठुलो लगानी गरेर पनि व्यापार व्यवसाय हुदैन । बजारको माग र आवश्यकता अनि आफनो क्षमताले भ्यायसम्म सानोतिनो पेशावाट पनि मनग्य आम्दानी गर्न सकिन्छ । त्यसैले विदेशमा हैन, स्वदेशमै पसिना बगाउन उहाँ युवाहरुलाई सुझाव दिनुहुन्छ । 
आइएसम्मको अध्ययन गर्नु भएका उहाँले केहीसमय जिल्ला हुलाक कार्यालय दैलेखमा पनि हल्कारको जागिर खानुभयो । महिनाको ४ हजार रुपैयाले खर्च धान्न समस्या भएपछि उहाँले  जागिर छाडनु भएको थियो । कुनै वेला जागिरको लागि भौतारिएका बमले अहिले ७ जनालाई रोजगारी दिनु भएको छ । उहाँलाई तरकारी व्यसायमा श्रीमतिले पनि सघाउनु भएको छ । ठुलो लगानी गरेर तरकारी व्यवसायलाई अझ विस्तार गर्ने योजना वमले बनाउनु भएको छ ।