News and Events

फरक ढंगले व्यवसाय गर्ने हैसला मिल्यो

गुँरास गाउँपालिका –४ दैलेखकी सावित्रा आचार्य अरु दिन भन्दा शुक्रवार र शनिवार बिहानै उठ्नु हुन्छ । ७ बज्दा नबज्दै घरको काम सकेर छोराछोरीलाई विद्यालय जान ठिक्क पानुहुन्छ । आफु भने कापी÷किताव बोकेर घरनजिकैको पोखरीडाँडामा जानु हुन्छ । २ घण्टा पढेर घर फकिनुहुन्छ । सावित्रा जस्तै २८ जना महिलाहरुको हरेक शुक्रवार र शनिवारको दिन यसरी नै वित्छ । ४ महिनादेखि गाईबान्नाका महिलाहरुले हरेक शुक्रवार र शनिवार विहान ८ बजेदेखि १० बजेसम्म यसरी नै व्यवसायिक साक्षरता कक्षामा आएर पढने गरेका छन ।
उतिवेला छोरीलाई पढाउने चलन नै थिएन, पढने रहर हुँदाहुँदै पढ्न पाइएन, बाआमाले पनि पढाउनु भएन विगत सम्झदै सावित्राले भन्नुभयो, अहिले साक्षरता कक्षाबाट धेरै कुरा सिके । बल्ल आँखा खुलेको जस्तो भएको छ । नाम लेख्न, हिसाव गर्न, क्यारकुलेटर चलाउन जान्ने भएकी छु । पढन थालेपछि कसरी व्यवसाय गर्ने, कसरी धेरै फाइदा लिने भन्ने सिकियो ।  साना ÷ठुला छुट्याएर विक्री गर्नुपदो रहेछ । बीउ छुट्टै, खाने छुट्टै बनाउनु पर्ने रहेछ । पहिला सवै एकै ठाउँमा राखेर विक्री गथ्यौ । त्यसैले भने जस्तो मुल्य पाउदैन्थो । अहिले फरक ढंगले व्यवसाय गर्ने हैसला मिलेको छ । 
सुर्खेत दैलेख सडक खण्डको छेउमै गाईबान्ना छ । गाईबान्नामा विहान ८÷९ नबजेसम्म घाम लाग्दैन । लेकको ठाउँ विहान धेरै जाडो हुने भएकोले उनीहरु आगो तापेर पढ्छन । पोखरीडाँडा सडकमै पर्छ । सितल ताजा तरकारी उत्पादक समुहमा आवद्ध तल्लो गुँरासे, गाईबान्ना, लामपाटा, यिनीखोला, माथिल्लो गुँरासे, डउडेघारी, खिमपानी गाउँमा महिलाहरु पढन आउनु हुन्छ । गत असोज २७ गतेबाट संचालन भएको व्यवसायिक साक्षरता कक्षा उहाँहरुले एकदिन पनि कक्षा छुटाउनु भएको छैन् सहजकर्ता सुशिला कँडेलले भन्नुभयो, ‘पढन÷लेखन, नयाँ कुरा जान्न उत्सुक हुनुहुन्छ । ४ महिनामा आफ्नो नाम लेख्न, सामान्य हिसाव गर्न, क्याकुलेटर चलाउन सक्ने हुनु भएको छ ।’
महिलालाई कृषिमा व्यवसायिक बनाउने उदेश्यले उच्च मुल्य कृषि बस्तु विकास आयोजनाले व्यवासायिक साक्षरता कक्षा संचालन गरेको हो । आयोजनाले सहयोग गरेका बेमौसमी तरकारी, बाख्रापालन सहकारी समुहमा आवद्ध महिलाहरुलाई व्यवसायिक साक्षरता कक्षामार्फत व्यवसायबाट आत्मनिर्भर बनाउने सिकाउछ । व्यवसाय कसरी गर्ने ? कुन व्यवसाय गर्दा फाइदा हुन्छ ? बचत कसरी गर्ने ? आम्दानी बढाउन के गर्ने ? तरकारीमा लाग्ने रोग÷ किरा कसरी नियन्त्रण गर्ने ? उत्पादित बस्तुलाई कसरी बजारमा पुर्याउने ? उत्पादन बृद्धि गर्न के गर्ने ? जस्ता कुराहरु सिकेको साक्षरता कक्षाका सहभागीले बताए ।  पढ्न थालेपछि व्यवसायिक तरिकारले खेती गर्न सिकेको पवित्रा आचार्यले बताउनु भयो । पहिला घरमै खानको लागि मात्र खेती गरिन्थ्यो, उहाँले भन्नुभयो, व्यवसायिक रुपमा गर्दा धेरै फाइदा लिन सकिने रहेछ भन्ने बल्ल थाहाँ भयो । पहिले गुजरा चलाउनको लागि मात्र गरियो, आयआर्जन गर्ने तरिकारले गरिएन । अहिले टनेलभित्र तरकारी लगाएर व्यवसायिक रुपमा अघि बढने सोच हामीले बनाएका छौ ।
व्यवसायिक साक्षरता कक्षाले महिलाहरुमा आत्मविस्वास पनि जगाएको छ । अहिले उनीहरु खर्चको हरहिसाव राख्ने भएका छन । अरु भन्दा फरक किसिमले व्यवसाय गरे धेरै आम्दानी गर्न सकिने रहेछ भन्ने बुझेका छन । साक्षरता कक्षाकी सहभागी थीरकुमारी खत्रीले भन्नुभयो, हचुवाको भरमा हैन, जे काम गर्दा पनि बुझेर गर्नु पर्ने रहेछ ।  अर्की सहभागी मोतिकला पौडेलले बुढेसकालमै भएपनि आफनो नाम आफै लेख्न सिकेकोमा खुसी लागेको बताउनु भयो । उहाँले भन्नुभयो, बुढेसकालमा भएपनि आफनो नाम लेख्न सिके । अव त आँखा पनि देखिन छाडे । सानोमा पढन भएको भए कति सिकिन्थ्यो, जानिन्थ्यो, बुझिन्थ्यो होला ? 
व्यवसायिक साक्षरता कक्षाको अनुगमन गर्न पुग्नु भएका उच्च मुल्य कषि वस्तु विकास आयोजनाका बरिष्ठ कृषि अधिकृत चित्रबहादुर रोकायले महिलाको उत्साह देखेर खुशी लागेको बताउनु भयो । महिलालाई कृषिमा व्यवसायिक बनाउने आयोजनाले व्यवासायिक साक्षरता कक्षा संचालन गरेको भन्दै उहाँले साक्षरता कक्षा निकै प्रभावकारी भएको उल्लेख गर्नुभयो । सितल ताजा तरकारी उत्पादक समुहमा अध्यक्ष पशुपति लामिछानेले व्यवसायिक साक्षरता कक्षाका सहभागीहरुलाई हौसला प्रदान गर्नको लागि समुहले पुरस्कारको समेत व्यवस्था गरेको बताउनु भयो । उहाँले कक्षामा प्रथम हुने महिलालाई तरकारी खेती गर्नको लागि पुरस्कार स्वरुप २ वटा टनेल दिने उल्लेख गर्नुभयो ।