News and Events

‘मिहिनेत गर्नेलाई गाउँमै अवसर छन’

गाउँकै आमा समुहबाट ५ सय रुपैया ऋण लिएर अदुवा खेती गर्नु भएका तोपबहादुर कठायत सुर्खेतकै अग्रणी अदुवा कृषक हुनुहुन्छ । सुर्खेतको बराहताल गाउँपालिका–१ तेलपानीका कठायतले ५० किलो अदुवा लगाएर पहिलो पटक ७ हजार रुपैया आम्दानी गर्नु भएको थियो । अदुवाको त्यो आम्दानी नै उहाँको  लागि टर्निङ्ग प्वाइन्ट बन्यो । हरेक वर्ष ६÷७ सय क्वीन्टल अदुवा वेच्दै आएका उहाँले गतवर्ष ५ लाख रुपैया आम्दानी गरेको बताउनु भयो । 
कठायत ९ वर्षको हुँदा उहाँको बुवा बित्नु भएको थियो । ५ कट्ठा बारीमा लगाएको अन्नवालीले वर्षभरी खान पुग्दैन्थ्यो । बुवा वितेपछि आमालाई ५ जना छोराछोरी हुर्काउन निकै समस्या भयो । त्यसैले पढन लेख्न पाइएन विगत सम्झदै उहाँले भन्नुभयो, सुरुमा किराना पसल गरे, त्यसपछि अदुवा÷बेसार उत्पादन थाले ।  त्यसबाट राम्रो आम्दानी हुदै गयो । आफ्नै खेतवारीमा पसिना बगाउने हो भने पैसा कमाउन विदेश जानु पदैन । मिहिनेत गर्नेलाई गाउँमै जतिपनि अवसर छन । 
त्यतिवेला तेलपानीमा मकै, गहुँ जस्ता परम्परागत बाली चलाउने चलन थियो । पहिलो पटक अदुवा लगाएपछि धेरै गाउँलेले अदुवा मात्रै खाएर कसरी पालिने होस् भने, अदुवाबाट राम्रो आम्दानी हुन्छ भनेर कसैले पनि सोचेका थिएनन् । अहिले यहाँका अधिकाश किसानले अदुवा खेती गरेका छन । कठायतले अरु गाउँलेलाई पनि अदुवा÷बेसार खेती गर्न प्ररित गर्नुभयो । अहिले गाउँलेले उत्पादन गरेको अदुवा÷बेसार संकलन गरेर बेच्नु हुन्छ । 
यो वर्ष कठायतले डेढ विगाह जग्गामा अदुवा र एक विगाह जग्गामा बेसार लगाउनु भएको थियो । तर कुहिने रोगले गर्दा अदुवाजति सखाप भयो । अदुवा खेर गएपनि बेसारबाट घाटा पुरा हुन्छ भन्ने उहाँलाई लागेको छ । व्यवासयमा सधै नाफ हुदैन, कहिलेकाही घाटापनि सहनु पर्छ उहाँले भन्नुभयो, दुई वर्ष अघि ११ लाख रुपैया घाटा भयो । बीउ राम्रोसँग भण्डारण नगर्दा २ सय ६७ क्वीन्टर खेर गयो ।  
उहाँले तेलापानीमा समुह नै गठन गरेर गाउँलेलाई व्यवसायिक रुपमा अदुवा÷बेसार खेतीको गर्न प्रेरित गर्नुभएको छ । अहिले तेलपानीमा मात्रै अदुवा÷बेसार उत्पादन गर्ने ३ वटा समुह छन । सवै समुहलाई उच्च मुल्य कृषि वस्तु आयोजना आर्थिक तथा प्राविधिक सहयोग गरेको छ । आयोजनाको सहयोगपछि घरमा खानको लागि मात्रै लगाउने गाउँले अहिले व्यवसायिक रुपमा अदुवा वेसार खेती गर्न जुटेका छन । कठायत गंगानाथ मसलाबासी कृषक समुहको अध्यक्ष पनि हुनुहुन्छ । उहाँ अध्यक्ष रहेको समुहलाई आयोजनाले १० लाख ९२ हजार रुपैया अनुदान दिएको थियो । आयोजनाको सहयोगमा उनीहरुले उन्नत बीउ, किटिङ्ग मेसिन, उमाल्ने ड्रम, ढक, तराजु, सोलार डायर खरिद गरेका थिए । यस्तै किसानहरुले सोलार ड्रायर घर निर्माण, सिंचाइ पोखरी, कुलो निर्माण र मर्मत, बीउ राख्ने खाडल निर्माण, अदुवा र वेसार उत्पादन तथा बजारीकरण सम्वन्धी तालिम र प्राविधिक सेवा खरिद गरेको अध्यक्ष कठायतले जानकारी दिनुभयो । 
कठायतले सुटो बनाएर विक्री गर्नको लागि अहिले अदुवा÷बेसार सफा गर्ने टंकी निर्माण गर्नु भएको छ । अदुवा÷बेसारको बीउ राख्नको लागि आयोजनाकै सहयोगमा उहाँले भण्डार गृह पनि निर्माण गर्ने तयारीमा रहेको बताउनु भयो । टंकीमा एक पटमा ७ क्वीन्टलसम्म अदुवा÷बेसार सफा गर्न सकिन्छ । कठायतले हरिहरपुरको तेलपानी, मुग्रा, लेखगाँउ, तरंगाको हर्रेकाँडा लगायतका गाउँका किसानले उत्पादन गरेको अदुवा÷बेसार किनेर वेच्नु हुन्छ । उहाँले भन्नुभयो, काँचो बेच्दा उचित मुल्य पाएन र ढुवानी गर्न पनि समस्या भयो । त्यसैले सुटो बनाएर बेच्ने योजना बनाएको हुँ । सुटो बनाउदा  एक क्वीन्टल सुटो १५ हजार रुपैयामा बिक्री हुन्छ । ढुवानी गर्न पनि खासै समस्या हुदैन । प्रकाश पन्त, HVAP