News and Events

बीउ उत्पादनवाट आत्मनिर्भर

 
सुर्खेतको गुर्भाकोट नगरपालिका– ६ तोरीबारीकी खगीसरा विकले तरकारीको बीउ बेचेर वार्षिक एक लाख रुपैया कमाउँनु हुन्छ । मुला र केराउको वीउ  उत्पादन गदै आएकी उहाँले अहिले ३ रोपनी जग्गामा बीउ लगाउनु भएको छ । पहिले मकै र गहुँ मात्र खेती गथ्यौ, त्यसले गुजरा चलाउन मुस्किल थियो । अहिले वीउ बेचेरै ८ जनाको परिवार पालिएका छौ, घरखर्च टार्न र छेराछोरी पढाउन पुगेकै छ, खगिसराले भन्नुभयो ।
तोरीवारीकै कृष्ण ओलीले पनि बीउ उत्पादनबाटै वार्षिक राम्रै आम्दानी गदै आउनु भएको छ । खेतवारीमा व्याड तयार पादै गर्नु भएकी ओलीले भन्नुभयो, गतवर्ष एक लाख रुपैयाको वेच्यौ, यो पटक ७ रोपनी जग्गामा मुला र केराउको वीउ उत्पादन गर्ने सोचमा छौ । वीउ उत्पादन गर्न धेरै दुख पनि हुदैन, आम्दानी पनि गतिलै हुन्छ । त्यसैले अरु खेती गर्न छाडेर बीउ उत्पादनमै जुटेका छौ । 
उच्च मूल्य कृषि वस्तु विकास आयोजना सुर्खेतको सहयोगमा तोरीवारीका किसानहरु व्यवसायिक रुपमा बीउ उत्पादनतर्फ आर्कषित भएका छन ।  तोरीवारीका किसान परम्परागत खेतीबाट परिवार धान्न असजिलो भएपछि वीउ उत्पादनमा जुटेका हुन । तोरीवारीका किसानले वार्षिक ३० क्वीन्टल वीउ विक्री गर्छन । अहिले यहाँका ३२ जना किसानले व्यवसायिक रुपमा बीउ उत्पादन गदै आएका छन । पहिले आफनै बारीमा लगाउने मात्र वीउ बनाउथ्यौ, अर्की किसान कल्पना ओलीले भन्नुभयो, उच्च मूल्य कृषि वस्तु विकास आयोजनाको सहयोगपछि व्यवसायिक रुपमै बीउ उत्पादन गरेर वाहिर पनि बेच्न थालेका छौ ।
परम्परागत खेतीलाई छोडेर व्यावसायिक बीउ उत्पादन तर्फ लाग्नु भएकी कृष्णले भन्नुभयो, बीउ धेरै बारीमा लगाएर मात्र हुदैन, मिहिनेत पनि उत्तिकै चाहिन्छ, अनि मात्र फाइदा हुन्छ । गतवर्ष १ लाख रुपैयाको वीउ बच्यौ, यसपाली बीउ लगाउन ७ रोपनीमा ब्याड तयार पादैछौ, हेरै कति आम्दानी हुन्छ ?
किसानले उत्पादन गरेको बीउ गाउँ नजिकै रहेको सहकारीले किन्ने भएकोले पनि उनीहरुलाई सजिलो भएको छ । मेहलकुनामा रहेको पवित्र कृषि सहकारी संस्थाले तोरीवारीका किसानले उत्पादन गरेको बीउ संकलन गरी प्याकेजिङ गरेर बिक्री गदै आएको छ । त्यसैले बीउ उत्पादन तोरीवारी गाउँका किसानको आयआर्जनको गतिलो माध्यम बनेको छ । बीउ उत्पादनवाट किसानहरुलाई आत्मनिर्भर बन्न सजिलो भएको छ । बीउबाटै राम्रो कमाइ हुन्छ । घरपरिवारसँग पनि वस्न पाइने भएकोले धेरैजसो पुरुषहरु कालापहाड जान छाडेर गाउँमै बीउ उत्पादनमा रमाउन थालेको पनि महिला किसानहरुले बताए । 
कुनै वेला घरायसी काममा व्यस्त रहने महिलाहरू अहिले बीउको व्याड तयार गर्ने, प्याकेजिङ गर्ने र सहकारीसम्म पुर्याउने काम गर्छ । किसान गंगा पौडेलले अहिले अधिकाश गाउँले बीउ उत्पादनमै आवद्ध भएको बताउनु भयो । बीउ उत्पानवाट गतिलो आम्दानी हुन थालेपछि यसलाई अझै वढाउने सोचमा तोरीवारीका किसानहरु देखिन्छन ।
तोरीबारीका किसानले उत्पादन गरेको वीउ बंगलादेशसम्म निर्यात हुने गरेको पाइएको छ । सुर्खेतमा सबैभन्दा बढी बीउ उत्पादनतोरीवारीमै  हुन्छ । आयोजनाले बीउ उत्पादनको लागिझरना तरकारी वीउ उत्पादक समुहमा आवद्ध किसानलाई १६ लाख ७५ हजार ६ सय ७ रुपैया अनुदान सहयोग गरेको थियो । आयोजनाको सहयोगपछि परम्परागत खेती गदै आएका किसान अहिले व्यवसायिक रुपमै वीउ उत्पादनमा जुटेका छन ।