News and Events

सहयोगले बदलिदै जीवन

अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका –७ तोसीबाँसका लालबहादुर चलाउनेले एग्रोभेटबाट राम्रो आम्दानी गर्न सफल हुनु भएको छ । 
घरखर्चको लागि वर्षेनी भारत जाने लालबहादुर अहिले गाउँमै बार्षिक २ लाख रुपैया आम्दानी गर्नु हुन्छ । चलाउनेले चितवन गएर ३५ दिने ग्रामिण पशु सेवा कार्यकर्ताको तालिम लिनु भएको थियो । तालिम लिएर त्यतिकै घरमा बसेका उहाँलाई उच्च मुल्य कृषि वस्तु विकास आयोजनाले ५० हजार रुपैया दिएर एग्रोभेट संचालनमा सहयोग गरेको थियो ।
 
आयोजनाको सहयोगपछि उहाँले पनि आफनो तर्फबाट थप ५० हजार रुपैया खर्च गरेर एग्रोभेट संचालनमा ल्याउनु भएको थियो । ३ वर्षअघिवाट एग्रोभेट संचालन गदै आउनु भएका उहाँले अहिले मासिक १५ ÷१६ हजार रुपैया आम्दानी गदै आएको बताउनु भयो ।
सिविड एग्रोभेटका संचालक उहाँले खसी बनाएको १ सय ५०, गोरु बनाएको ३ सय रुपैया लिनु हुन्छ । आयोजनाले दिएको पैसाले गोवर चेकजाँच गर्ने माइक्र्रोस्कोप, बर्डिजो क्यास्ट्रेसन, बिकर, स्लाटड, डे«म्चिङ गन, किट वक्स, कुल वक्स, फ्रिज, दराज व्याक किनेको उहाँले जानकारी दिनुभयो ।
चलाउनेले अछामको तुर्माखाँद, कमलबजार, क्षेत्रमा पर्ने तोसी, बाँसकाँडा, धमाली, रानीवन, ढंगाचाल्ना, थोलु लगायतका गाउँका किसानलाई सेवा दिइरहनु भएको छ । चलाउनेका एउटा छोरा र दुई छोरी छन । एग्रोभेटको आम्दानीवाट उहाँले उनीहरुलाई गाउँकै नीजि विद्यालयमा पढाउनु भएको छ । उहाँले एग्रोभेटको आम्दानीले दुई वटा नयाँ घर पनि बनाउनु भयो ।
घरखर्चको लागि ३÷४ पटक कालापहाड जानु भएका चलाउनेले कालापहाडमा पनि राम्रो कमाई गर्न सक्नु भएन, बरु उल्टै ऋण लाग्यो । एग्रोभेट संचालन गर्नु अघि चिया पसल गरेको थिए उहाँले भन्नुभयो, तर चिया बेचेर परिवार पाल्न कठिन भएपछि बिकल्प खोजी रहेको थिए, उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले नयाँ व्यवसाय गर्ने प्रेरणा दियो । 
एग्रोभेट व्यवसायलाई विस्तार गर्ने योजनामा चलाउने हुनुहुन्छ । अव अरु व्यसायमा पनि हात हाल्दा उत्तिकै प्ररिश्रम र पुँजी चाहिन्छ, त्यसैले अव यसलाई नै विस्तार सोच बनाएको छु उहाँले उल्लेख गर्नुभयो ।